भरतपुर । भरतुर महानगरपालिकाले उद्योग वाणिज्य संघ-चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा हालै सम्पन्न ५४औं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट केन्द्रिय कार्यकारिणि समिति सदस्यमा निर्वाचित भएकोमा उद्योग वाणिज्य संघ-चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई सम्मान गरेको हाे ।
बुधवार महानगरपालिका कार्यालयमा महानगर प्रमुख रेनु दाहालले प्रधानलाई सम्मान गरेका हुन् । सम्मान गर्दै प्रमुख दाहालले विकासको स्थानिय तह देखी प्रान्तीय एवम् केन्द्रिय तह सम्म मात्र नभई देशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको ठुलो भूमिका रहने बताउँदै उनको विजयी यात्राले महानगरको समृद्धिमा समेत योगदान रहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा उनले चितवन जिल्लाको प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित हुन सफल भएकाेमा उनको जीतले सिंगो महानगरले गौरवको अनुभुति गरेको बताउँदै उनी लगायत संघका अध्यक्ष राजु श्रेष्ठ, उद्योग वाणिज्य संघ-चितवन परिवार एवम् महासंघको सिंगो निर्वाचित परिवारलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सोहि अवसरमा बोल्दै नेउवामहासंघका कार्यकारिणि समिति सदस्य सहनलाल प्रधानले महानगरले गरेको सम्मानले आफुलाई थप उत्तरदायी बनाएको बताउँदै महानगरप्रमुख रेनु दाहाल एवम् महानगरप्रति हार्दिक आभार ब्यक्त गरे । उनले सार्वजनिक नीजि साझेदारी अवधारणा बमोजीम सार्वजनिक र निजी क्षेत्रको सहकार्यका लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष राजु श्रेष्ठले भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ-चितवन विचको घनिष्टताका साथै सहकार्यका कारण महानगर एवम् संघ अन्तराष्ट्रिय स्तरसम्म पुरस्कृत भएको स्मरण गर्दै नीजि क्षेत्र र महानगरको सहकार्यमा विभिन्न परियोजना सञ्चालन गर्न लागिएको बताउंदै महानगरप्रति हार्दिक आभार व्यक्त गरे । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंसीर ११ देखी १३ सम्म काठमांडौमा सम्पन्न साधारण सभाबाट सहनलाल प्रधानले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित भएका संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।