किशोर प्रधान समुहलाई सघाउने सुदुरपश्चिमका नगर अध्यक्षहरुको प्रतिबद्धता

<p>काठमाडाैं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् । आफ्ना उम्मेदवार तथा पुर्व अध्यक्षहरु सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्वत् विजयी गराउने प्रतिबद्धता जनाएका [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।

आफ्ना उम्मेदवार तथा पुर्व अध्यक्षहरु सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्वत् विजयी गराउने प्रतिबद्धता जनाएका छन ।

महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्वत् निर्वाचित गरिनु पर्ने सुदुरपश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन् ।

बुधवार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबधता जनाएका हुन् ।

भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ । भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।

 

Share News