कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुख्खा बन्दरगाह बन्ने, मन्त्री भट्टले गरे औपचारिक घोषणा

<p>कञ्चनपूर । कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रको औपचारिक घोषणा गरेका हुन् । भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा स्थापना गर्ने भनेको सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरेका हुन् । महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक [&hellip;]</p>

कञ्चनपूर । कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रको औपचारिक घोषणा गरेका हुन् ।

भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा स्थापना गर्ने भनेको सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरेका हुन् ।

महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा रहेको १ हजार बिगाहा क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण हुने मन्त्री भट्टको भनाई छ । यसअघि दोधारा–चाँदनीकै कन्जभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनिएको पनि केहीस् प्राविधिक कारणले त्यहा स्थगित गरेर हालको स्थानमा बन्दगाह निर्माण हुने उनले बताए ।

सुख्खा बन्दरगाह क्षेत्रको घोषणा गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताए।

‘सुख्खा वन्दरगाह, औद्योगिक करिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण गर्ने सरकारको लक्ष्य हो, सरकारले पूर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने गरेर काम अघि बढाएको छ, ’ उनले भने ।

औद्योगिक क्षेत्रको विस्तार गरेर बेरोजगारी समस्या समाधान गरिने उनको भनाई छ । भारतको राजधानी नयाँ दिल्लीबाट नजिक पर्ने सो क्षेत्र व्यापारिक नाकाका रुपमा विस्तार गर्नकै लागि सरकारले महाकाली नदीमा चारलेनको मोटरेबल पुलको समेत निर्माण गरिरहेको छ ।

महाकाली नदीमा निर्माण भइरहेको पुल, सुख्खा बन्दरगाह सोझै भारतको राष्ट्रिय राजमार्गसँग जोडेर नाकाका रुपमा विस्तार गर्ने गरेर भारत सरकारसँगको समझदारीमा परियोजना अघि बढाइएको हो ।

Share News