व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न एफएनसीसीआईको आग्रह

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । यस्तो परिस्थितिमा प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले उक्त आग्रह गरेको हो । कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य [&hellip;]</p>


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । यस्तो परिस्थितिमा प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले उक्त आग्रह गरेको हो ।

कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा बिक्री गरेको लगायतका कार्यहरू भएकोमा महासंघले ध्यानाकर्षण गराएको हो ।

‘कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन ।’, संघले भन्यो- ‘यदि कहीकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुँदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सबैमा आग्रह गर्दछ ।’

साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि समेत महासंघले नेपाल सरकारसंग माग गरेको छ ।

Share News