रिलायन्स सिमेन्टसहित चार उद्योग कारबाहीमा, एकको इजाजत रद्द, दुईको स्थगन

<p>काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले रिलायन्स सिमेन्टसहित विभिन्न ४ उद्योगलाई कारवाही गर्ने भएको छ । विभिन्न समयमा विभागले गरेको बजार अनुगमनबाट संकलिन नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त नतिजा अनुरुप नपाईएकोले उनीहरुलाई कारबाही गरेको जनाइएको छ । मंगलबार विभागले एक विज्ञप्ती जारी गर्दै शालिमार, रिलायन्स सुपरटेक, एमजेप्पी सिमेन्ट र असोक स्टिललाई कारबाही गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले रिलायन्स सिमेन्टसहित विभिन्न ४ उद्योगलाई कारवाही गर्ने भएको छ । विभिन्न समयमा विभागले गरेको बजार अनुगमनबाट संकलिन नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त नतिजा अनुरुप नपाईएकोले उनीहरुलाई कारबाही गरेको जनाइएको छ ।

मंगलबार विभागले एक विज्ञप्ती जारी गर्दै शालिमार, रिलायन्स सुपरटेक, एमजेप्पी सिमेन्ट र असोक स्टिललाई कारबाही गरेको जनाइएको छ ।

कारवाहीमा पर्नेमा नेपाल विभिन्न समयमा विभागले गरेको बजार अनुगमनबाट संकलिन नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त नतिजा अनुरुप नपाईएको तथा नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

विभागले विज्ञप्ती मार्फत ४ कम्पनीहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ । विभागका अनुसार नेपाल गुणस्तर अनुरुप नभएकाले शालिमार तथा रिलायन्स सिमेन्टको को नेपाल गुुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम ९१६० अनुसार इजाजत स्थगन गरिएको छ ।

असोक स्टिलको इजाजतपत्र रद्ध गरिएको विभागले जनाएको छ ।  संकलित नमूनाको इलोंगेसन र बेण्ड टेस्ट विभागको मापदण्ड विपरित भएकोले रद्ध गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमजेप्पी सिमेन्टको पनि अनुगमनका क्रममा संकलित नमुना गुणस्तरीय नभएकाले स्पस्टिकरण सोधिएको छ ।

 

 

Share News