काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सह सचिवहरुलाई सात प्रदेशका बिभिन्न मन्त्रालयहरुमा खटाएको छ । केन्द्रमा कर्मचारीहरु अतिरिक्त समुहमा बस्ने तर प्रदेश सरकारमा कर्मचारी अभाव हुने समस्या देखिएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार २१ जना सह सचिवहरुलाई प्रदेशमा खटाएका हुन् । उनीहरुमध्ये केहि केन्द्रमा अतिरिक्त समुहमा हाजिर गरेर बसेका सह सचिवहरु समेत थिए ।

विभीन्न राजनितिक दल निकटका ट्रेड युनियन नेताहरुको काज पनि खारेजी गरेर बिभिन्न मन्त्रालयहरुमा खटाईएको छ । हालसम्म दल निकट कर्मचारी युनियनका ९ जना नेताहरु ट्रेड युनियन कार्यालयमा हाजिर गरेर जागिर खाईरहेका थिए । उनीहरुलाई संघिय सरकारकै मन्त्रालयहरुमा खटाइएको छ । दल निकट कर्मचारी युनियनका नेताहरुको काज अब स्वत खारेज भएको छ ।
सामान्य प्रशासनको अतिरिक्त समुहमा रहेका केबल भण्डारीलाई प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएको छ । यस्तै शंकर अर्याललाई प्रदेश ७ को आर्थिक मामिला तथा योजना मन्त्रालय, श्यामराज अधिकारीलाई सामाजिक सुरक्षा कोषको सचिवालय खटाइएको छ ।
तीमध्ये १६ जना प्रदेश सरकार र ५ जना केन्द्र सरकारकै विभिन्न मन्त्रालयमा खटाइएका हुन् । मन्त्रालयले यसअघि ८० जना अधिकृतलाई विभिन्न दुर्गम जिल्लाहरुमा पठाएको थियो ।
को कहाँ खटाइए हेर्नुहोस्

