मृगौला रोगीको डायलासिस निःशुल्क, मासिक २४ हजार खर्चबाट विरामी मुक्त

काठमाडौं, ३१ बैशाख । मृगौला रोगिको लागि सुखद समाचार छ । अब मृगौला रोगीले हेमाडायलासिस उपचार निःशुल्क गर्न पाउने भएको छन् । हेमाडायलासिस गर्न विरामीले महिनमा कम्तिमा २४ हजार रुपैयाँ खर्च गर्नु पथ्र्यो । उक्त खर्च अब सरकारले नै बेहोरर्ने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीको हेमाडायलासिस गर्न लाग्नै सबै खर्च सरकारले बेहोर्ने र विरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने निर्णय गरेको हो । यसअघि सरकारले विरामीलाई २ महिनासम्म हेमाडायलासिस निःशुल्क गर्ने सक्ने सुविधा दिदै आएको थियो । त्यसपछि लाग्ने खर्च विरामी आफैले तिर्नु पर्दथ्यो । हाल नेपालमा एक हजार छ सय मृगौला रोगिले डायलासिस विधिबाट उपचार गर्दै आएका छन् । यस्तो रोग लागेको विरामीले मृगौला प्रत्यारोपण नगरेसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।

ओम हस्पिटलले ल्यायो “हाम्रो हस्पिटल” एप, अस्पताल र स्वास्थ्य सेवा बारे सबै जानकारी एप मै पाईने

काठमाडौं, २३ बैशाख । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले हस्पिटलहरु मै पहिलोपटक मोबाइल एप सुरु गरेको छ । अस्पताल संग सम्बन्धित र स्वास्थ्य सेवाबारे सबै जानकारीका हस्पिटलले “हाम्रो हस्पिटल” नामक मोबाईल एप तयार पारेको हो । नेपालमा बिभिन्न सस्थाहरुसंग सम्बन्धित मोबाइल एप तयार भैसके पनि हस्पिटल र उसले दिने सेवा सुबिधाका बारेमा आधिकारीक जानकारी दिने गरी बनेको यो पहिलो मोबाइल एप भएको हस्पिटलको दाबी छ । के–के छ मोबाइल एपमा हस्पिटलले तयार पारेको मोबाइल एप मा ओम हस्पिटलले दिने सेवा सुबिधा थाहा पाउन सकिने छ । बिरामीहरुले आफ्नो स्वास्थ्यका बारेमा सम्बन्धित चिकित्सकहरुको सल्लाह सहित स्वास्थ्य जाँच गराउने समय एप बाटै लिन सक्नेछन् । एपमा एम्बुलेन्स, रक्तसंचार केन्द्र, अस्पताल, इमर्जेन्सी नम्बरहरु राखिएका छन् । त्यस्तै अस्पतालमा भएका सबै सेवा सुबिधा र सबै प्रकारका चिकित्सकहरुको नाम समेत एपमा समाबेश छन ।

निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिजुली नदिए आन्दोलन

काठमाडौं, २७ फागनु । निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिद्युत उपलब्ध नगराए निजी अस्पतालहरुले आन्दोलन गर्ने भएका छन् । निजी अस्पतालहरुको छाता संगठन एसोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल(अफिन)ले डेडिकेटिड फिडरबाट विद्युत नदिए कडा आन्दोलनको चेतावनी दिएको हो । अफिनले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै मानविय स्वास्थ्यसँग जोडिएको सम्वेदनशिल बिषयमा सम्बन्धीत निकाय गम्भिर नभए कडा आन्दोलन गर्ने र त्यसले सर्वसाधारणमा पार्ने असरप्रति सरकार जिम्मेवार हुनु पर्ने पनि जनाएको छ । निजी अस्पतालहरुलाई डेडिकेटिड फिडरबाट विद्युत उपलब्ध गराउन पुनरावेदन अदालत हेटौडाले अन्तरिम आदेश दिएको थियो । अफिनले सो निर्णय कार्यान्वयन गराउनुका साटो उल्टै डेडिकेटिड फिडर काटेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।