जुन महिना भरी फोर्ड हेरिटेज मन्थ मनाइँदै, फोर्ड धनीका लागि रेसिङ्ग निशुल्क

काठमाडौं, ३ असार । फोर्ड मोटर कम्पनी तथा नेपालका लागि फोर्डका आधिकारीक डिलर जि. ओ. फोर्डले जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउँदै छ । कम्पनीले फोर्डको ११३ वर्षको इतिहासलाई स्मरण गर्दै एक महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको हो । यस उत्सवको बीचमा फोर्डले आफ्नो गाडीहरुको उत्कृष्टतालाई राखेको छ । बिहीबार फोर्ड कम्पनीको ११३औं वार्षिक उत्सव सम्पन्न भएको छ । सो दिन आगामी जुन २५ मा फोर्ड धनीहरुको लागि गोकआट रेसिङ्गको घोषणा पनि गरिएको छ । सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यहाँ रेसिङ्ग बाहेक अन्य धेरै क्रियाकलापहरु हुनेछन् जस्तै हुम्यान सुइङ, हाभर बार्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु । यस वर्ष, हेरिटेज मन्थ र रेसिङ्ग संयुक्त रुपमा, साथै फोर्ड जी टी का चार गाडीहरुले जुन १८ र १९ गते हुन गइरहेको (ल मान्स्) २०१६ को २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि प्रतिष्ठित प्रवेश पाएका छन् । हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन् — जसमा सबभन्दा पछि इन्डिएभोरले प्रवेश पाएको छ ।नेपालमा फोर्डका ११ बिक्री तथा सर्भिस केन्द्रहरु छन् भने एक कुइकलेन सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ ।

भारतको युनिबिक कुकिज नेपाली बजारमा

काठमाडौं, २ असार । भारतीय बजारमा प्रसिद्ध युनिबिक कुकिज नेपाली बजारमा भित्रिएको छ । युनिबिक कुकिजदाई टुंचे टुचें ट्रेडिंग कन्सर्नले युनिबिक कुकिज नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका प्रोप्राइटर त्रिकाल तुलाधरले गुणस्तरीय बस्तुको बजार भित्र्याएको दावी गरेका थिए । कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा उपलव्ध श्रोत र साधनको अधिकतम सदुपयोग गर्न सके मुलुकको द्रुत आर्थिक विकास हुने बताएका थिए । उनले निजी क्षेत्र नै विकासको सम्वाहक भएको बताउँदै युवा उद्यमीहरुले यसको नेतृत्व गर्नु पर्ने धारणा राखे । कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकासको लागि सरकार र सरोकारवालासंग सहकार्य गर्दै अघि बढने बताए । त्यस्तै,  युवा उद्यमी मञ्चका उपाध्यक्ष दिपेश काजी तुलाधरले युवा उद्यमी मञ्चले युवाहरुको उद्यमशिलता उजागर गर्न सहयोग गर्ने बताएका थिए ।

होण्डाको नयाँ बाइक होण्डा हर्नेट १६० आर अब नेपाली बजारमा

काठमाडौं, २ असार । होण्डा मोटर्सको नयाँ बाइक होण्डा हर्नेट १६० आर नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले बिहीबार नेपाली बजारमा उक्त बाइक सार्वजनिक गरेको हो । बिहीबार कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो । यो बाइकबाट उच्च गतिमा रोमाञ्चक यात्रा गर्न सकिन्छ। एचइटी (होण्डा इको टेक्नोलोजी) भएको हर्नेट बाईकमा सजिलो र आरामदायी हुनुका साथ रमाईलो यात्रागर्न सकिने कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा स्याकार ट्रेडिङले एक महिना लामो हाइ स्पिड र एकसाइटिङ स्किल बेस्ड फुटसल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा उपत्यका भित्रका ५० फुटसल खेलाडीहरुले आफ्नो स्पीड र ट्यालेन्ट हर्नेट १६० आरसँगको टेस्ट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।कम्पनीका अनुसार प्रतियोगितामा जम्मा चार चरणहरु हुनेछन् जसमा पहिलो सेलेक्सन राउन्ड हुनेछ र यसमा स्पीड र फोकसको टेस्ट हुनेछ । साथै, कम्पनीले प्रतियोगिताको अन्तमा विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको बताएको छ ।