बुटवलमा प्राइम लाइफ इन्स्योरेन्सद्धारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना बताउदै हरेक वर्ष नयां बीमा योजना ल्याउने र फरक ढंगले कार्य गरी निरन्तरता दिने बताएका छन् । उक्त कार्यक्रममा विशिष्ट अतिथि सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी उपस्थित थिए । कार्यक्रममा मार्केटिङ्ग विभाग प्रमुख नवीन थापाले अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै, सबैसंग अन्तक्रिया गरी आगामी दिनमा कम्पनीको व्यवसाय वृद्धि गर्न आफ्नो स्थानबाट जुट्नु पर्ने बताएका छन् । बुटवल शाखा प्रमुख रिता के.सी. को सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अतिथि प्रदेश प्रमुख शिव पौडेल लगायत, अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरे, परासीका प्रमुख शिवनाथ गुप्ता, भैरहवाका प्रमुख सन्तोष अर्याल, बुटवल शाखाका अप्रेशन इन्चार्ज सुरेश ज्ञवाली लगायतको उपिस्थत रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३० भन्दा बढी एजेन्सी मेनेजरहरुलाइ सम्मान गरिएको थियो ।
अब सिभिल बैंकबाटै ज्योती लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात अब सिभिल बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाबाट ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । हाल बैंकको शाखा संख्या ७१ रहेको छ एन.एफ.आर.यस.अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ कमाएको छ । जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले पायाे ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको हो । इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकाेले उक्त अवार्डबाट सम्मानित भएकाे हाे । साथै, सिएचआरओले त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको छ ।