सानिमा लाईफ इन्स्योरेन्सले एकैदिन विस्तार गर्याे दुई नयाँ शाखा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले भिन्ना भिन्नै  दुई स्थानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । चितवनकाे नारायणगढ र  टाँडीमा  विस्तार गरेकाे हाे । टाँडीकाे शाखामा  उप- मेयर बिमलादेवि दुवाडीले उद्घाटन गरेकाे हुन्र । त्यस्तै  प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महा प्रबन्धक शिवराम तिमलसिना मुख्य प्रबन्धक गणेश चौलागाइ सदभावना दुत कलाकार जीतु नेपालबाट नारायणगढमा संयुक्तरुपमा रिवन काटी दुई वटा शाखा कार्यालयको विस्तार भएको छ । देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

लगानी कोषको २२ प्रतिशत बोनस पारित, चुक्ता पुँजी एक अर्ब नाघ्याे

काठमाडौं । नागरिक लगानी कोषकोे प्रस्तावित २२.६ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कोषको २३औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले पारित गरे बमाेजिम कोषले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गरको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो मात्राको बोनस सेयर वितरण गर्न लागेको छ । आर्थिक वर्ष २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ । ९० करोड ३१ लाख रुपैयाँ रहेको काेषकाे चुक्ता पुँजी २२.६ प्रतिशत बोनसपछि एक अर्ब १० करोड रुपैयाँ नाघेकाे छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको बताएको छ । साधारण सभाको अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताएका छन् । कोषको सेयर चुक्ता पुँजी कम भएकाले कोषका अध्यक्ष भट्टराईले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताएका छन् ।

सेञ्चुरी बैंकबाट सन नेपाल लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा पाउने छन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।