भदौ १३ देखि नाडा अटो सो हुदै, अटोलोन सीमा बढेपछि व्यवसायीमा उत्साह

काठमाडौं  । सवारी साधनको खरिदबिक्री सम्बन्धी मेला नाडा अटो शो आउदो सातादेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल अटोमोवाइल डिलर्स एसोसियसन (नाडा) ले आयोजना गर्ने मेला भदौ १३ गतेदेखि १८ गतेसम्म ६ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न ब्राण्डका सवारी साधनको एकै छानामुनी बिक्रीबितरण गर्न मेला आयोजना गर्न लागिएको नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । सर्भोद्वारा प्रायोजित मेलामा चर्चित ब्राण्डका सवारी साधन तथा स्पेयर पार्र्टस, लुब्रिकेन्ट्स, टायर , ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज रहनेछ । एशोसिएशनले ब्राण्ड एम्बेसडरका रुपमा चर्चत कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त गरेको छ । मेलामा ९० वटा संस्थाहको सहभागितामा करिब १३० वटा ठुला तथा साना स्टलहरु रहनेछन् सो अवसरमा जानकारी दिइयो । मेलामा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्शियल सवारीसाधन आर्कषण रहने छन् । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विगतका भन्दा यसपाली अझ बढी भव्य र व्यवस्थित हुने दाबी गरेका छन । उनले भने, “विगतका वर्ष हामीले मेला आयोजनामा केहि त्रुटी महसु गरेका थियौं यो पटक. त्यसलाई हामी सकभर सुधार्ने छौं । मेलामा लगभग पचास हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको अनुमान छ । नाडाले अटो शोबाट उठेको रकम मध्ये पाँच लाख रुपैयाँ बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको छ ।

सुजुकीको डिजायर नयाँ अवतार ‘फेसलिफ्ट भर्सन’मा आउँदै, २२ किलोमिटर माइलेज

काठमाडौं । सिजीले सुजुकीको डिजायर कार नयाँ अवतारका रुपमा नेपाली बजारमा ल्याउने भएको छ । मोटोकर्पको विक्रि संख्याका आधारमा अग्रणी मध्य एक डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने भएको हो । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको जानकारी दिइएको । नयाँ प्लेटफर्मले कारको वजनमा कमी ल्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणका तुलनामा थप स्टाइलिस रहेको छ। कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुटस्पेसपनि धेरै हुने बताएको छ । नयाँ कारमा कि लेस एण्ट्रि, डीआरएल, रियर भेण्ट सहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली लगायत अत्याधुनिक सुविधा तथा प्रविधि समेत जडान गरिएको छ ।   यसमा प्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधा भारतिय निर्मित कारमै पहिलो भएको कम्पनीको दावी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध रहेको छ । कारमा डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमा एबी एस पनि उपलब्ध गरिएको छ । नयाँ कारमा परिक्षणमा पूर्ण सफल के१२ ईञ्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रति लिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिनपावर र माइलेजका लागि परिचित रहेको कम्पनीले जनाएको छ ।

नयाँ टिभिएस स्ट्राइकर १२५ अब नेपाली बजारमा, ब्राण्ड एम्बेस्डरमा निखिल उप्रेती

काठमाडौं । टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ उत्पादन टिभिएस स्ट्राइकर १२५ बिहीबार देखि नेपाली बजारमा ल्याएको छ । जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले उक्त टिभिएस स्ट्राइकर १२५ को सार्वजनिक गरेका छन् । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारीक विक्रेता हो । टिभिएस मोटर कम्पनीका  उपाध्यक्ष दिपक कुमार अग्रवालले टिभिएस स्ट्राइकर १२५ ले युवा नेपालीहरुको मागलाई पूर्ण रुपमा सन्तुष्ट गर्ने बताएका छन् । नेपाली बजारमा यस उत्पादनद्वारा टिभिएस मोटर कम्पनीको प्रभावहरु बलियो हुने छ कम्पनी विश्वास रहेकाे छ । कम्पनीका अनुसार कम इन्धन खपत र शक्तिको सही मिश्रण भएको टिभिएस स्ट्राइकर १२५ नेपाली बाटोमा उपयुक्त रहनेछ । फिचर्सले भरिपूर्ण टिभिएस स्ट्राइकर १२५ ले ग्राहकहरुको मन जित्ने पक्का भइसकेको छ । ईको थ्रष्ट इन्जिनयुक्त टिभिएस स्ट्राइकर १२५ ले ८००० आर. पि. एममा ८.१ के डब्लु शक्ति प्रदान गर्ने छ । यसको टोर्क ५५०० आर. पि. एममा १०.८ एन. एम. बताईएको छ। एक लिटरमा ६७ किलोमिटर माईलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिन्छ । बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन् । श्रेणीमै पहिलो एल. इ. डि. टेल ल्याम्प र फूल डिजिटल स्पीडोमिटर युक्त यस बाईकको व्याख्या गर्न लायक रहेको छ । साथमा, यसमा ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । आरामदायी यात्राको लागि हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्ट समेत यसमा पाउन सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा टिभिएस स्ट्राइकर १२५ को मूल्य १ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै, तीन रङ्गमा सो बाईक उपलब्ध हुने बताईएको छ ।