गुँरास लाईफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, १८ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठौ बर्ष पुरा गरि नवौैं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा कम्पनीले केन्द्रीय कार्यालय तिनकुने, काठमाडौं तथा क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा गुँरास लाईफ इन्स्योरेन्स केन्द्रीय कार्यालयमा १०० जनाले रक्तदानमा भाग लिएका थिए । साथै क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा ६६ जनाले रक्तदान गरेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
भूकम्प र नाकाबन्दीको वर्षमा पनि बीमा शुल्क ४० प्रतिशत वृद्धि भएको छ
करिव १० महिना अघिदेखि गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका शंकरप्रसाद दाहाल जीवन बीमा क्षेत्रमा नयाँ अनुहार हो । तर निर्जीवन बीमा र बैकिङ क्षेत्रको अनुभव लामो छ । उहाँले राष्ट्रिय वाणिज्य बैंकमा करिव ३५ वर्ष काम गर्नुभएको थियो । उहाँले प्रडेन्सियल इन्स्योरेन्स कम्पनीमा करिव ४ वर्ष उच्च व्यवस्थापनमा बसेका काम गर्नु भएको थियो भने एनएलजी इन्स्योरेन्स कम्पनीमा साढे दुई वर्ष सञ्चालक समिति सदस्य भएर काम गर्नुभयो । गुराँस लाईफमा उहाँले के गर्नु भयो, आगामी योजना के छन् ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस ।
एनसीसी, कुमारीसहित ६ बैंकको मर्जरमा गतिरोध आयो, आफैले गरेको सम्झौता तोडिदै
काठमाडौं, २० जेठ । सनराइज बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष मोती लाल दुगड र फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार शेयरधनीहरुको सहमती लिने गरि दुबै संस्थाको विशेष साधारणसभा यही २०७३ जेष्ठ २० गते बोलाइएको छ । विशेष साधारण सभाबाट प्रस्ताव पारित भईसकेपछि अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त गरी आगामी आषाढ मसान्त भित्रै एकिकृत कारोबार प्रारम्भ गर्ने योजना रहेको बैंकले जनाएको छ । प्राप्ती पष्चात सन्राइज बैंकको चुक्ता पूँजी ४ अर्ब पुग्ने, शाखा संख्या ६७ पुग्नुका साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने जानकारी बैंकको विज्ञप्तिमा उल्लेख छ ।
चाइना रेल्बले १ अर्ब ५६ करोड क्षतिपूर्ति तिर्यो, मेलम्ची आयोजना खुशी, बिओके र हिमालय बैंक अझै तनावमा
काठमाडौं, १९ जेठ । मेलम्ची खानेपानी आयोजनासँग एकतर्फी रुपमा ठेक्का तोडेर भागेको चिनियाँ कम्पनी चाइना रेल्बेले अन्नतः मेलम्ची खानेपानी आयोजनालाई एक अर्ब ५६ करोड रुपैयाँ क्षतिपूति तिरेको छ । चिनियाँ ठेकदार चाइना रेल्बेले बीचमै ठेक्का तोडे वापत १ करोड ३० लाख अमेरिकी डलर र १४ लाख युरो (करिब १ अर्ब ५६ करोड रुपैयाँ) क्षतिपूर्ति प्राप्त गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमख घनश्याम भट्टराईले बताए । तर उक्त आयोजना निर्माणको क्रममा ठेकदार कम्पनीलाई दिएको काउन्टर ग्यारेन्टी दिने हिमालयन बैंक र बैंक अफ काठमाडौंले रकम फिर्ता पाउने नपाउने अझै टुंगो लागेको छैन । विवादस्पद यस परियोजनामा हिमालयन बैंकको ६६ करोड रुपैयाँ र बैंक अफ काठमाडौं (बिओके) को ९० करोड रुपैयाँ काउन्टर ग्यारेन्टीको रुपमा फसेको छ । मेलम्ची खानेपानी आयोजना ठेक्का तोड्ने कम्पनी विरुद्ध अदालतमा नगएर सरकारी संयन्त्र मार्फत पहल गरेको कारण रकम फिर्ता भएको र बैंकहरु भने क्षतिपूर्तिको दाबी सहित चीनको अदालत गएको कारण रकम पाउन नसकेको बताइएको छ । ‘चिनिया ठेकेदारले हामीलाई दिनुपर्ने रकम दिएको छ, बैंकहरुको भने फिर्ता नभएको सुनेको छु,’ आयोजना प्रमुख घनश्याम भट्टराईले विकासन्युजसँग भने । दुबै बाणिज्य बैंक चिनिया ठेकेदार विरुद्ध चिनिया अदालतमा अपिल गर्न गएकोले रकम प्राप्त गर्नमा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख भट्टराईले बताए । ‘हामीले चिनिया अदालतलाई रिकोग्नाइज नै गरेनौं, सरकारी संयन्त्र मार्फत पहल गरेकोले रकम प्राप्त भयो, बैंकहरु अदालत गएको कारण उनीहरुलाई नै समस्या भयो,’ भट्टराईले भने । बैंकका अधिकारीले भने मेलम्चीलाई पनि चिनिया अदालतको म्याद बुझिदिन आग्रह गरेका छन् । ‘मेलम्चीले चिनिया अदालतको म्याद बुझेर हामीलाई सहयोग गर्ने हो भने रकम फिर्ता हुन सक्छ, अहिले मेलम्चीले सहयोग गर्छु भनेको छ,’ एक बाणिज्य बैंकका अधिकारीले भने ।
सनराइज बैंकद्धारा दृष्टिविहिनहरुलाई सहयोग
काठमाडौं, १८ जेठ । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत “अपाङ्ग सहयोग सामग्री वितरण” कार्यक्रमको आयोजना गरेको थियो । बैंकले सोमबार काठमाडौंको थलीमा सो कार्यक्रम सम्पन्न गरेको छ । युवा अपाङ्ग संगठन नेपाल संस्थाद्वारा आयोजित सो कार्यक्रम मार्फत १० जना भूकम्प प्रभावित दृष्टिविहिनहरुलाई सहयोग स्वरुप सेतो छडी प्रदान गरेको बैंकको विज्ञेप्तिले जनाएको छ ।
नेपाल बैंकको एटीएम सेवा अब ठिमी शाखामा पनि
काठमाडौं, १८ जेठ । नेपाल बैंक लिमिटेडले मङगलबारदेखि बैंकको ठिमी शाखामा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा सो स्थानमा सो सेवा सुरु गरेको हो । उक्त सेवाको उद्घाटन बैंकको सञ्चालक समितिका सदस्य सुरेन्द्र बहादुर सिंह तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा गरेका छन् । हालसम्म बैंकको एटीएम सेवा संख्या ३९ पुगेको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा थप १५ स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । अन्य एटीएम सेवा काठमाडौं उपत्यका लगायत मोफसलमा सञ्चालनमा छन् । यस बैंकको एटीएम कार्ड प्रयोग गर्ने ग्राहकहरुले भारतमा पञ्जाब नेशनल बैंकको एटीएमबाट समेत सेवा सुविधा लिन सक्ने बैंकको विज्ञेप्तिले जनाएको छ ।
२९ बैंकसँग अनुदान वितरण सम्झौता
काठमाडौं, १८ जेठ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितको नगद अनुदान वितरणका लागि २९ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितीमा २९ वटा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग छुट्टा छुट्टै अनुदान वितरण सम्झौता गरेका हुन् सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट उप सचिव डा. भिष्मकुमार भुषालले हस्ताक्षर गरेका थिए । गत शुक्रबार मात्रै प्राधिकरणले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन, नेपाल फाइनान्सीयसल इन्स्टिच्युसन्सबिच सम्झौता भएको थियो । क, ख र ग वर्गका अन्य बैंकहरुसँग अनुदान वितरण सम्झौतालाई जारी राखिने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । सम्झौता अनुसार सम्बन्धीत जिल्लामा शाखा रहेका बैंक तथा वित्तिय संस्थालाई भूगोल विभाजन गरि निजी आवास निर्माणका लागि दिईने अनुदान वितरण गरिनेछ । प्राधिकरणले हिमालयन बैंक, कुमारी बैंक, लुम्बीनी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, रिलायबल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, देवः विकास बैंक, प्राइम कमर्सियल बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेडसँग सम्झौता गरेको हो । त्यस्तै, सानिमा बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, टुरज्मि डेभलपमेन्ट बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, त्रिवेणी विकास बैंक, नविल बैंक, यति डेभलपमेन्ट बैंक, सिभिल बैंक, सनराईज बैंक, एनआइसी एसिया बैंक, मेगा बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक रहेका छन् ।
जनरल फाइनान्समा भिम उदास र रोबिन्द्र श्रेष्ठ सञ्चालक नियुक्त
काठमाडौं, १७ जेठ । जनरल फाइनान्समा भिम कृष्ण उदास र रोबिन्द्र प्रसाद श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् । जेठ ११ गतेदेखि नै दुबैजना फाइनान्सको सञ्चालकको रुपमा कार्यरत रहेको नेप्सेले जनाएको छ ।