विकासन्युज

कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको चुक्ता पूजी २५ करोड, अन्यले पनि कम्तिमा दुई गुणा बढाउनै पर्ने

काठमाडौं, १८ साउन । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूजी बढाउदै लगेको नेपाल राष्ट्र बैंकले रेमिटान्स ब्यवसायमा संलग्न कम्पनीको चुक्ता पूजी पनि बढाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको हकमा छुट्टै ब्यवस्था गरी २५ करोड रुपैयाँ र अन्य कम्पनीले कम्तिमा पनि दुई गुणाले चुक्ता पूजी बढाउनु पर्ने ब्यवस्था गरिएको हो । कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको चुक्ता पूजी कति हुनुपर्छ भन्ने ब्यवस्था यसअघि थिएन । यसअघि प्रिन्सिपल कम्पनी भइ रेमिटान्स ब्यवसायमा संलग्न कम्पनीको चुक्ता पूजी ५ करोड रुपैयाँ भए हुन्थ्यो । सोही पूजीको आधारमा रेमिटान्स कम्पनीले कार्ड जारी गर्न सक्ने ब्यवस्था थियो । सो ब्यवस्था अनुसार आइएमइ मनि ट्रान्सफर कम्पनीले रेमिटान्स कार्ड जारी पनि गरेको छ । प्रिन्सिपल कम्पनी भइ कारोवार गर्ने रेमिटान्स कम्पनी, फर्म वा संस्थाको चुक्ता पूजी १० करोड रुपैयाँ हुनै पर्ने ब्यवस्था गरिएको छ । यसअघि यस्तो पूजी ५ करोड रुपैयाँ भए हुन्थ्यो । यस्तै विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भइ रेमिटान्स कारोवार गर्ने कम्पनी, फर्म र संस्थाहरुको न्यूनतम चुक्ता पूजी २ करोड रुपैयाँ पुर्याउनु पर्ने भएको छ । यसअघि यस्तो पूजी १ करोड रुपैयाँ भए हुन्थ्यो । नयाँ ब्यवस्था नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र नविकरण गर्ने समयसम्ममा कायम गरिसक्न राष्ट्र बैंकले सवै कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । रेमिटान्स कारोवारको इजाजत प्रत्येक बर्ष नविकरण गर्नुपर्ने हुन्छ । यस्तै मनि चेन्जरहरुको चुक्ता पूजी पनि बृद्धि गरिएको छ । नयाँ ब्यवस्था अनुसार भारतीय रुपैयाँ मात्रै खरिद विक्रीको कारोवार गर्ने मनि चेन्जरले आफ्नो न्यूनतम चुक्ता पूजी ५ लाख रुपैयाँ नै राखे हुनेछ । तर परिवत्र्य विदेशी मुद्राको खरिद कारोवार गर्ने मनि चेन्जरले आफ्नो चुक्ता पूजी अहिलेको १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्याउनु पर्ने भएको छ । भारतीय रुपैयाँसहित परिवत्र्य विदेशी मुद्राको कारोवार गर्ने मनि चेन्जरले आफ्नो चुक्ता पूजी १५ लाख रुपैयाँबाट बढाएर २० लाख रुपैयाँ पुर्याउनै पर्ने भएको छ ।

चार वटा बाणिज्य बैंकको नाफा चार अर्ब, सिद्धार्थ, प्रभु, सनराईज र लक्ष्मीले कति कमाए ?

काठमाडौं, १८ साउन । चार वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा चार अर्ब नाफा कमाएका छन् । मंगलबार वित्तिय विवरण सार्वजनिक गरेका सिद्धार्थ बैंक, प्रभु बैंक, सनराईज बैंक र लक्ष्मी बैंकले सो अवधीमा कुल चार अर्ब नाफा कमाउन सफल भएका हुन् । चारमध्ये सिद्धार्थ बैंक र प्रभु बैंकको नाफा एक अर्ब नाघेको छ भने सनराइज बैंकले आफ्नो नाफा १०२ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै, लक्ष्मी बैंकको नाफा पनि २३ करोडले वृद्धि भएको छ । सिद्धार्थको नाफा १२४ करोड सिद्धार्थ बैंक लिमिटेडले २०७३ असार मसान्तसम्ममा एक अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा कमाएको भन्दा ४७ करोडले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ७७ करोड नाफा कमाएको थियो । बैंकले कमाएको नाफामा १५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । सिद्धार्थको खराब कर्जा एक दशमलब ४१ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी रुपैंयाँ ४९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैंयाँ ९१ पैसा रहेको छ । प्रभुले कमायो ११४ करोड प्रभु बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १४ करोड नाफा कमाएको छ । बैंकको यो नाफामा एक अर्ब ५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १३ करोडले बढि हो । बैंकले सो अवधीमा जम्मा एक अर्ब १ करोड रुपैंयाँ नाफा कमाउन सफल भएको थियो । समस्याग्रस्त ग्राण्ड बैंकसँग मर्ज भएको प्रभुको खराब कर्जा ८ दशमलब ३८ प्रतिशत रहेको छ । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरेको छ । सनराइजको नाफा १०२ प्रतिशतले वृद्धि त्यस्तै, सनराइज बैंकले आफ्नो नाफामा १०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा ९५ लाख रुपैंयाँ नाफा कमाएको हो । यो नाफा बैंकले २०७२ असारमसान्तसम्ममा कमाएको भन्दा ४८ करोड अर्थात १०२ प्रतिशतले बढि हो । सो नाफामा ५५ करोड रुपैंयाँ भने राइटब्याकबाट प्राप्त भएको हो । बैंकले २ दशमलब ९० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर एक दशमलब २४ प्रतिशतमा झारेको छ । ३ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ५६ पैसा रहेको छ । लक्ष्मी बैंकले कमायो ६७ करोड लक्ष्मी बैंकले २०७३ असार मसान्तसम्ममा ६७ करोड ३७ लाख मुनाफा आर्जन गरेको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्मको भन्दा २३ करोड ७४ लाखले बढि हो । बैंकले सो अवधीमा ४३ करोड ६३ लाख नाफा आर्जन गरेको थियो । लक्ष्मी बैंकको यो नाफामा १० करोड रुपैैंयाँको हिस्सा राइटब्याकले ओगटेको छ । ३ अर्ब चुक्ता पुँजी भएको लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८५ रुपैंयाँ ७७ पैसा रहेको छ ।

माइक्रोसफ्टले सुरु गर्‍यो पानीमुनि डाटा सेन्टरको परीक्षण, क्लाउड छाडेर समुन्द्र तिर किन ?

काठमाडौं, १८ साउन। समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ। कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ। डाटा स्टोर गर्ने लियोना फिलपट नाम लिइएको यो युनिटबाट कुनै पनि डेटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य राखिएको छ। विश्वको आधाजति जनसंख्या समुन्द्री पानीको सतह नजिकै बस्ने भएकाले उनीहरुसँग नजिकिन लागेको डेटा सेन्टरले आर्थिक भार कम पार्ने र स्पिड बढाउन सक्ने बताइएको छ।   यसमा थप वातावरणीय फाइदाहरु पनि धेरै छन्। प्राकृतिक करेन्टबाट विद्युत उत्पादन र प्राकृतिक रुपमै कुलिङ समेत गर्न सकिन्छ।   ‘गहिरो सतहमा रहेको पानीले सहजै कुलिङ गराउन सघाउँछ भने नविकरणीय उर्जा पनि उत्पादन हुन्छ र वातावरण सन्तुलन राख्छ,’ परियोजनाको नेतृत्व गरिरहेका नर्म ह्वइटेकरले भने। प्रविधिको ताप डेटा सेन्टरलाई चिसो बनाउनु कुनै पनि आइटी कम्पनीका लागि चुनौतीपूर्ण काम हुने गरेको छ। फेसबुक र गुगलजस्ता कम्पनीले आफ्नो डेटा सेन्टरलाई कम तापक्रम हुने मुलुकमा स्थानान्तरण गर्नुको मुल कारण यही हो। यसबाट उनीहरुको लागत समेत घटिरहेको हुन्छ।   हरेक १८ महिनामा करिब दोब्बर इलेक्ट्रोनिक डेटा उत्पादन भइरहेको छ विश्वभर। अनलाइनमा धेरैभन्दा धेरै इन्टरनेटमा आधारित प्रडक्टहरु थपिँदैछन् जसले डाटा उत्पादन झन तीब्रतर गतिमा बढाएको छ। यी तथ्याङ्कहरु सबै कही न कही स्टोर हुनुपर्छ। र, त्यस्तो ठाउँ चिसो हुनुपर्छ।   त्यसो त समुन्द्र पहिलेदेखि नै डेटाको पूर्वाधार विकासका लागि प्राण नै हो। ९९ प्रतिशतभन्दा धेरै डेटा पानीमुनि रहेका केबुलबाट विश्वव्यापी रुपमा प्रसार हुने गर्छ।   स्याटेलाइटको विकासपछि पनि स्थायित्व र विश्वसनीयताका आधारमा केबुलहरु प्रविधिको पहिलो रोजाई हुने गरेको छ। माइक्रोसफ्टले ५ वर्षभित्र पानीमुनि डेटा सेन्टरहरु पूर्णरुपमा राखेर काम लिन सक्ने अपेक्षा गरेको छ। त्यसपछि त्यसलाई सतहमा ल्याउने र मर्मत तथा सुधार गर्न सकिने छ। कम्पनीले कम्तिमा पनि २० वर्षसम्म एउटा युनिटबाट काम लिन सकिने लक्ष्य राखेको छ। डलिमेल युकेवाट साभार

टेलिकमको सामाजिक सञ्‍जाल ‘मिट’मा प्रयोगकर्ता ४६ हजार पुगे

काठमाडौं १७ साउन। औपचारिक सेवा सुचारु गरेको ७ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा बृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो। अहिलेसम्म मिटमा ४६ हजार भन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुषमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। नेपाल टेलिकमले आफ्ना विभिन्‍न सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउन युनिफाइड कम्‍युनिकेशन सिस्टम (UCS) को रुपमा विकास गर्न यो सेवा ल्‍याएको हो। टेलिकमका ग्राहकले आफ्‍नो जीएसएम वा सिडिएमए मोबाइलमार्फत मिटको सुविधा लिन सक्छन्। टेलिकमले युसिएसमार्फत् ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिएको छ। त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि पठाउन मिल्छ। यसमा म्यासेजको क्यारेक्टर संङ्ख्या एक सय ६० वाट बढाएर तीनसय २० पुर्‍याएको टेलिकमले जनाएको छ । विस्तृत कार्ययोजना र लक्ष नबनाइकन आएको यो सञ्जालले अहिलेसम्म सामाजिक सञ्जाल प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न सकेको छैन। निशुल्क मेसेजको सुविधा पाउँदा पनि यो सञ्जालको खासै प्रयोग भएको छैन। यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ।  सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्रिया समेत गर्न सकिन्छ। टेलिकमले दश करोड २० लाख कुल लगानीमा सुरु गरेको यो सञ्जालमा दिनहुँ प्रयोगकर्ता बढिरहेका छन्। ‘औषतमा दैनिक दुइसय ५० प्रयोगकर्ता थपिन्छन्’ प्रवक्ता वैद्यले भनिन् ‘अझै परिष्कृत गरेर प्रयोगकर्ता थप्ने र सेवा विस्तार गर्ने योजना रहेको छ।’

अब बन्ने भयो बाहिरी चक्रपथ, चोभार–गाम्चा–सतुङ्गल खण्डमा ९९प्रतिशत जग्गाधनीको सहमति

काठमाडौँ, १७ साउन । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आइतबार अन्तिम असहमति दर्ता गराउने दिनसम्म ९६ मात्र उजुरी परेकाले बाहिरी चक्रपथ बन्ने निश्चित भएको हो । आयोजना रोकिनका लागि कम्तीमा चार हजार असहमतिका उजुरी पर्नुपर्ने प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । “चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ”– उनले भने । करिव ९८ प्रतिशतभन्दा बढी जग्गाधनीले चक्रपथ निर्माण गर्न सहमति दिएकोले अब निर्माण कार्य अगाडि बढाईने उनले बताए । बाहिरी चक्रपथको सडक ५० मिको हुनेछ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य ती सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए । “असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशतभन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको सङ्ख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको सङ्ख्या कम छ”– उनले भने । बाहिरी चक्रपथ निर्माण प्रक्रियामा चार वर्षअघि कीर्तिपुर नगरपालिकाका बासिन्दाले धेरै विरोध गरेका थिए । यस पटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयवासीमा जनचेतना जगाएकाले स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण अघि बढ्ने भएको छ । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ । यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । रासस

कैलाश विकास बैंकको नाफा करिव ४४ करोड, विकास बैंक मध्ये सबैभन्दा बढी

काठमाडौं, १७ साउन । कैलाश विकास बैंकले गत आथिर्क वर्षमा ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । विकास बैंकहरु मध्ये कैलाश विकास बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ । सरकारलाई बुझाउने कर र कर्मचारी बोनस खर्चअघिको बैंकको नाफा ६९ करोड रुपैयाँ छ । बैंकको कर खर्च १८ करोड ८२ लाख र स्टाफ बोनस ६ करोड २७ लाख रुपैयाँ हुने जनाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड छ भने संचित कोषमा ८६ करोड ७४ लाख रुपैयाँ छ । बैंकले गत आसार मसान्तसम्ममा निक्षेप १५ अर्ब ७ करोड परिचालन गरेको छ भने कर्जा सापटी १३ अर्ब २६ करोड र लगानी ४५ करोड रुपैयाँ गरेको छ । यस विकास बैंकको क्यापिटल एडेक्वसी १६ प्रतिशत छ भने खराव कर्जा ०.८२ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ, प्रतिसेयर सम्पत्ति ११२३ रुपैयाँ, प्रतिसेयर आम्दानी २७ रुपैयाँ रहेको छ ।

पौने पाँच अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात

काठमाडौँ, १७ साउन । आर्थिक वर्ष २०७२/७३ मा नेपालमा उत्पादित हस्तकलाका सामान रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार बराबरको विदेशमा निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घका अनुसार निर्यात भएको हस्तकलाका समानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेको छ । विदेसिएको हस्तकलाका सामानमध्ये अमेरिकामा मात्र कुल निर्यातको ३० प्रतिशत रहेको छ । महासङ्घका अनुसार रु एक अर्ब ३६ करोड ६१ लाख ४० हजार मूल्य बराबरका हस्तकलाका सामान अमेरिकामा निर्यात भएको हो भने सबैभन्दा थोरै रु २५ हजार मूल्य बराबरको मोनाकोमा निर्यात भएको छ । महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएको कारण अत्यधिक व्यापार भएको बताए। “सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ,” उनले भने । महासङ्घबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ । नेपालबाट हाल अल्लो वस्तु, बासजन्य वस्तु, पोतेका सामान, हाड सिङ्गका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, स्फटिकजन्य सामान, ढाका, फेल्ट, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेसाजन्य, चाँदी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुँदै आएको छ । आव २०७२/७३ विदेश निर्यात भएको हस्तकलामध्ये धातुजन्य हस्तकला धेरै रहेको छ । जसमा रु एक अर्ब २२ करोड ३२ लाख ८७ हजार बराबरको निर्यात भएको हो । गत आवमा रु एक अर्ब नौ करोड १९ लाख ४८ हजार ८४३ बराबरको निर्यात भएको थियो । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ रहेका छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् । महासङ्घका अध्यक्ष धर्मराज शाक्यले प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्यधिक माग हुने गरेको बताए । परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको छ । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन् । हस्तकलाका सामान निर्यातमा आव २०७१÷७२ को तुलनमामा आव २०७२/७३ मा रु दुई करोड बराबरको कमी आएको छ । आव २०७१/७२ रु चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार बराबरको कारोबार भएको थियो । महासङ्घका अध्यक्ष शाक्यले भूकम्प र नाकाबन्दीका कारण गत आवको तुलनामा पछिल्लो आवमा निर्यात घटेको बताए महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भए पनि हाल करिब ४०० व्यापारीले मात्र हस्तकलाका सामान नियमित रुपमा निर्यात गर्दे आइरहेका महासङ्घले जनाएको छ । रासस

अस्ट्रेलियाले ३८ अर्ब अमेरिकी डलर जुवामा गुमायो, गोप्य र फोहोरी खेलबाट ८० करोड राजश्व संकलन

अस्ट्रेलिया, १७ साउन । सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्ट्रेलिया जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ ? तर यथार्थ प्रतिवेदन हालै प्रकाशित भएका छन् । गुगल फोटो गत २४ वर्षअघि मुलुकमा भित्रिइ जुवाडेहरुका माझ लोकप्रिय हुँदै आएको यस स्लट मेसिनमा जुवा खेल्दाखेल्दै अस्ट्रेलियालीले ३८ अर्ब  अमेरिकी डलरभन्दा बढी धनराशी हारिसकेका बल्ल पत्तो लागेकोे छ । हालै एउटा अनुसन्धान प्रतिवेदन स्थानीय सञ्चार माध्यममा प्रकाशनमा आएपछि स्लट मेसिन (स्थानीय जनजिब्रोमा पोकिज् भनिने) जस्ता सबैथरी बिद्युतीय द्युतक्रिडा यन्त्र नष्टपारी कडा प्रतिबन्ध लगाउनुपर्ने सार्वजनिक रुपमा आवाज उठेको छ । लेबर पार्टीका वर्तमान प्रधानमन्त्री डेनियल एन्ड्रयुजले जनतालाई जुवा खेलाई ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्लट मेसिन करको नामबाट लुटेर ‘गोप्य र फोहोरी खेल’मा लिप्त भएको भन्ने आरोप सरकारका बिपक्षी दल तथा सो मेसिनका कडा विरोधी खेमाले लगाएका छन् । ‘एन्ड्रयुज सरकारलाई पदच्युत गर्ने ठीक समय यही हो’ अलायन्स फर ग्याम्ब्लिङ्ग रिफर्म नामक संस्थाका टिम कोस्टेलोले एक सञ्चार माध्यम न्युज लिमिटेडलाई बताएका छन्। एजेन्सी