एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारीक घोषणा, सुपथ र नविन सेवा प्रदान गर्ने वाचा
काठमाडौं, १ भदौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेका हुन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । रिब्राण्डिसँगै कम्पनीको रोमांचक नयाँ अध्याय शुरु भएको जनाउँदै पर्किन्सले ग्राहकमा लागि एनसेलले सुपथ मुल्यमा नविन सेवा प्रदान गर्ने बताए । “साथै आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्ध छ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । एनसेलले वैशाखमा सन् २०१६ का लागि रु १२ अर्बको पुँजीगत लगानी गर्ने घोषणा गरेको थियो । यस बाहेक कम्पनीले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवासंचालन सुनिश्चित गर्न आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने पर्किन्सले बताए । डा. विजयसुर्याले एनसेलको रिब्राण्डिङ्गसँगै कम्पनीमा आजीयाटाको अन्तर्रा्ष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको बताए । ”आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ । हामी एनसेलको विकासको योजना तथा लगानीमा प्रतिबद्ध छौं,” डा. विजयसुर्याले भने । एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् । हाल करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको एनसेल एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । कम्पनीले करिब ४० हजार नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारीको अवसर प्रदान गरेको छ । एनसेलले नेटबर्क विकासमा करिब ७४ अर्ब लगानी गरेको छ भने देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।
आइसिएफसि फाइनान्सले १७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, १ भदौ । आइसिएफसि फाइनान्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शुन्य दशमलब ८९ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ । उक्त निर्णय साउन ३२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउनेछन् ।
आरम्भ माईक्रोफाईनान्सको थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा
काठमाडौं, १ भदौ । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्थाले आफ्नो थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा विस्तार गरेको छ । संस्थाले भदौ १ गते बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ । निकट समयमै संस्थाले थप पाँच पहाडि जिल्लाहरुमा आफनो कार्यक्षेत्र बिस्तार गरी थप शाखा कार्यालय स्थापनाको लागि आवश्यक गृहकार्य गरि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा मात्रै थप करिब २४ करोड लगानी गरी ११ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ । वित्तीय संस्थाले आफनो पूँजी वृद्धिका लागि भदौ १८ गते विशेष साधारण सभा समेत बोलाएको छ । पूँजी वृद्धि पश्चात संस्थाको जारी शेयर पूँजी ४ करोड रुपैयाँ तथा चुक्ता पूँजी २ करोड ४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसंस्थाको योजना रहेको छ । हाल संंस्थाको १३ वटा शाखाहरु सञ्चालनमा छन् ।
वनारको हवाई यात्रा प्याकेजमै
काठमाडौं, १ भदौ । नेपालको अग्रणी वायुसेवा बुद्ध एयरले वनारस उडान प्याकेजमा संचालन गर्न थालेको छ । बुद्ध एयरले हवाई भाडामा मात्रै प्याकेज दिएर बुद्ध होलिडेजमार्फत यो योजना अगाडि सारेको छ । आन्तरिक वायुसेवा बुद्ध एयरले अन्तर्राष्ट्रिय अनुमति लिएर भारतको वनारस उडान गरिरहेको छ । यो वायुसेवाले पछिल्लो समय चार्टर उडान मात्रै गरिरहेको छ । भुटानको पारोबाट ६ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय उडान सुरु गरेको बुद्ध एयरले यो गन्तव्यमा लाभ नभएपछि बन्द गरेर नयाँ गन्तव्यका रुपमा वनारस सुरु गरेको हो । यो वायुसेवाले वनारसमा पनि चार्टर उडान मात्रै गरिरहेको छ । बुद्धले काठमाडौंबाट भारतका लागि वनारस प्याकेज सुरु गरेका छ । यो वायुसेवाले वाराणसी यात्रा ऐतिहासिक—धर्मिक—पवित्र भनेर प्याकेज नै प्रवद्र्धन गरिरहेको छ । बुद्धले तीन रात चार दिनको यस्तो प्याकेज यात्रामा हवाई भाडादेखि होटल वसोवास र घुमघामको पनि एउटै प्याकेज राख्न चाहने ग्राहकको लागि भने हवाई भाडा वाहेकको अतिरिक्त लागत शुल्क तिर्नुपर्ने व्यवस्था पनि गरेको जानकारी दिएको छ । बुद्धले हवाई भाडा मात्रै र हवाई भाडासहितको प्याकेज ल्याएको छ । हवाई भाडा वाहेकको प्याकेजमा धार्मिक पर्यटकीय प्याकेज रहेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्धले सूचना जारी गरेर तथा पर्यटकीय प्याकेजको प्रवद्र्धन नै सुरु गरेको छ । बुद्ध एयरले आफ्नो वेवसाइटमार्फत दिएको जानकारीमा पनि तीन रात चार दिनको प्याकेजमा वनारस, सारनाथ जाने सुविधा दिएको छ । यो सुविधामा वनारण विमानस्थलमा पीकअप तथा ड्रप, वनारसमा वसोवास, वातानकुलित होटलको बेड एण्ड ब्रेकफास्ट, एसी गाडिमा घुमफिर तथा दृश्यावलोकनको सुविधासहितको प्याकेज ल्याएको जानकारी दिएको छ ।
एलआइसी नेपालको सिइओको शैक्षिक योग्यता पुगेन, बीमा समितिले रोक्यो पटनायकको नियुक्ति
काठमाडौं, १ भदौ । बीमा समितिले एलआइसी नेपालको प्रमुख कार्यकारी (सिइओ) बन्न आएका भारतीय नागरिकलाई सिइओ बन्नवाट रोकेको छ । बिमकको सुशासन सम्बन्धि निर्देशिकाले तोकेका मापदण्ड नपुगेको भन्दै एलआइसी इन्डियाले पठाएको सुभाषचन्द्र पटनायकलाई सिइओ बन्नबाट रोकेको हो । यसअघिका सिइओ पिआर मिश्राको कार्यकाल सकिएपछि एलआइसी इन्डियाले पटकनायकलाई नयाँ सिइओको रुपमा पठाएको थियो । मिश्रा आफ्नो कार्यकाल सकेर भारत फर्किएको केही महिना विते पनि कम्पनीको वेबसाइटमा मिश्रालाई नै सिइओ भनेर उल्लेख गरिएको छ । ‘नयाँ सिइओको लागि अनुमति मागिएको थियो, कम्पनीले प्रस्ताव गरेको ब्यक्तिको शैक्षिक योग्यता सुशासन निर्देशिकाले तोके अनुसार नभएकोले अस्वीकृत गरियो,’ समितिका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पटनायकको शैक्षिक योग्यता स्नातक पास मात्रै थियो । निर्देशिकामा स्नातकोत्तर तह पास गरेको हुनुपर्ने भन्ने ब्यवस्था छ ।
सिम्रिक वायुसेवाको उडान तीन दिन देखि ठप्प, १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान
काठमाडौं, १ भदौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडान तीन दिनदेखि ठप्प रहेको छ । यो वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिनुपर्ने वायुसेवा संचालन अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गर्ने उडान संचालन अनुमति (एओसी) नवीकरण नुहुँदा सम्पूर्ण उडान नै ठप्प भएको हो । उड्डयन क्षेत्रको नियम अनुसार मन्त्रालयबाट पाएको वायुसेवा संचालनको लाइसेन्सका आधारमा प्राधिकरणले एओसी प्रदान गर्नुपर्छ । प्राधिकरणले एओसी दिएपछि मात्रै वायुसेवाले उडान गर्न पाउँछन् । ‘सिम्रिक एयरलाइन्सले भने १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान गरिरहेको थियो’, प्राधिकरणका एक उच्च अधिकारीले भने । हामीले पटकपटक सचेत गराउँदा र लाइसेन्स नवीकरण गर्न आग्रह गर्दा पनि सिम्रिकले समयमा नै नगरेकोले हामीले एओसी नवीकरण गर्न मन्त्रालयको अनुमति मागेको हौं । मन्त्रालयका अनुमति ल्याउन नसक्दा आइतबाट यो वायुसेवा ठप्प नै भएको छ । सिम्रिकले हाल चार वटा वायुसेवामार्फत उडान गरिरहेको छ । आन्तरिक उडान भर्ने सिम्रिकसँग गुण एयरलाइन्सबाट किनेको दुईवटा र अग्नी एयरबाट किनेको दुईगरी चार वटा स्थिर पंखा भएको (फिक्सविंग्स) जहाज छ । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईका अनुसार यो वायुसेवाले चार वर्षका लागि लिएको इजाजतपत्रको समय १५ महिनाअघि नै सकिएको छ । मन्त्रालयको इजाजत नवीकरण गर्न थप १ वर्ष मौका दिएको र सो समयमा पनि इजाजत नवीकरण गर्न सकेन । मन्त्रालयले पछिल्लो सयम तीन महिनाका लागि समय दिँदा पनि सिम्रिकले इजाजत नवीकरण नगरेका कारण अहिले एयरलाइन्सको सम्पूर्ण उडान नै बन्द हुन पुगेको हो । सिम्रिकलाई एक वर्षको समय दिइसकिएको र यो समयमा कुनै काम नभएको तथा सम्वन्धित वायुसेवा चुप लागेर बसेका कारण उड्डयन नियम अनुसार एक वर्षसम्म नवीकरण नभएको वायुसेवाको इजाजत खारेजीमा जान्छ । मन्त्रालयले इजाजत खारेजीको प्रकृयामा लगेकोले अब सिम्रिकले नयाँ कम्पनीसरह इजाजत लिनुपर्छ । नयाँ इजाजन लिन मन्त्रालयलमा प्रस्ताव गर्ने, २० करोड रुपैयाँको चुक्ता पुँजी देखाउँने, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क तिरेर नयाँ प्रक्रिया अनुसार नै इजाजतपत्र लिनुपर्ने मन्त्रालयको भनाइ छ । नयाँ अनुमति लिन उडान गर्ने क्षेत्र अनुसार प्रति सेक्टर ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । सिम्रिकले हाल काठमाडौंबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन फ्लाइट गर्छ । पोखराबाट जोसोम र नेपालगन्जबाट सिमिकोट उडान गर्दै आएको छ । सिम्रिकले नयाँ प्रक्रिया अनुसार अनुमति लिन आवश्यक मापदण्ड पु¥याउँन पनि कम्तिमा १५ देखि २० दिन लाग्छ । यो समय भने सिम्रिकले पाउने सबै लाभ गुमाउने अवधि हो भने भएका जहाज पनि विना प्राविधिक कारण अर्थात प्रशासनिक कारणले थन्किएर बस्नु हो । प्राधिरणले गत शुक्रबार नै सिम्रिकलाई पत्र पठाएर आइतबारबाट एसोसी नवीकरण नगरे उडान संचालन गर्न नपाइने जानकारी दिएको थियो । सिम्रिकले मन्त्रालयको नवीकरणलाई वेवास्था गरेकै कारण जहाज ग्राउण्डेड गर्नुपरेको प्राधिकरणको भनाई छ । सिम्रिकले यो नवीकरण गर्न साढे २ लाख रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ । सिम्रिकले चारवटा जहाजमार्फत दैनिक दुईदर्जन भन्दा बढी उडान गरिरहेको थियो । एयरलाइनसको हेलचेक्राइ गर्दा कुनै उडान सुरक्षा (सेफ्टी)का कारणले नभई प्रशासनिक कारणले जहाज ग्राउन्डडेड भएको सिम्रिकले स्वीकार गरेको छ । जहाज र प्राविधिक विषयमा कुनै समस्या छैन, मन्त्रालयको इजाजतपत्र नवीकरण नभएका कारण जहाज ग्राउन्डेड गर्नुपरेको सिम्रिककै भनाई छ । कमजोरी सुधार गरेर छिट्टै उडान गछौं : सिम्रिक एयरलाइन्स सिम्रिक एयरलाइन्सले सोमबार जारी गरेको एक विज्ञप्तीमा पनि प्रशासनिक कारण नै जहाज थन्किएको स्वीकार गरिएको छ । सिम्रिकले जारी गरेको विज्ञप्तीमा चार वर्षमा नवीकरण गर्नुपर्ने इजाजत मानवीय त्रुटीका कारण समयमा नै हुन नसकेको स्वीकार गरिएको छ । सिम्रिकले गत अघिल्लो वर्ष वैशाखमा भएको भूकम्प, भारतीय नाकाबन्दी र अन्य व्यवहारिक कारण मन्त्रलायको इजाजत नवीकरण गर्नमा ढिलाई भएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईआको)को मापदण्ड पूरा गर्नमा भने कुनै कसुर बाँकी नराख्ने बताएको छ । आइकाओले तोकेको मापदण्ड अक्षरस पूरा गर्दा गर्दै पनि अहिले जहाज ग्राउण्डेड भएको र छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर उडान संचालन गरिने जानकारी सिम्रिकले दिएको छ । सिम्रिक एयरलाइन्सले मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने दोहोरो इजाजतका कारण मन्त्रालयको इजाजत लिन समयमानै ध्यान नपुगेको स्वीकार गरेको छ । मन्त्रालयको इजाजत एकैपटक चार वर्षलाई हुने भएकोले चार वर्ष पुगेको र नवीकरणको समय सकिएकोमा ध्यान पुग्न नसकेको स्वीकार गर्दै छिट्टै उडान सुरु गर्ने जानकारी सिम्रिकले दिएको छ । व्राण्डमा धक्का क्याप्टेन रामेश्वर थापाले संचलान गरिरहेको यो वायुसेवा सामान्य कारणले उडान बन्द हुँदा थापाको एयरलाइन्सको ब्राण्डमा थक्का लागेको छ । अमेरिकी वायुसेव सफायरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय कार्गो उडानको तयारीमा जुटेका थापालाई भएकै जहाज थन्कनुले नकारात्मक प्रभाव पारेको छ ।
राष्ट्र बैंकले पनि भन्योः नगद लाभांश सेयरधनीको बैंक खातामै जम्मा गरिदिनु
काठमाडौं, १ भदौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा नै जम्मा पार्नुपर्ने भएको छ । सार्वजनिक सेयर निस्कासनमा सेयर बाडफाड पछि बाँकी रहेको रकम पनि बैंक खातामा नै जम्मा पारिदिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै यस्तो ब्यवस्था मिलाउन भनेको हो । धितोपत्र वोर्डले यसअघि नै नगद लाभांश सम्बन्धित ब्यक्तिको बैंक खातामा नै जम्मा पारिदिने ब्यवस्था मिलाउन सुचिकृत कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई प्रदान गर्ने गद लाभांश सेयरधनीको खातमा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) जारी गर्दा बाँकी रहेको रकम पनि सेयर फर्म भर्दा उल्लेख गरेको बैंक खातामा नै जम्मा गरिदिन राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) को क्रममा धितोपत्र बाँडफाँट पश्चात् लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।
सोल्टीको काकुरीमा दुईसातालाई खाना महोत्सव
काठमाडौं, १ भदौं । पाँचतारे होटल सोल्टीमा खाना महोत्सव भइरहेको छ । आइतबार साँझ भारतीय राजदूत रन्जित रेले उद्घाटन गरेर सुरु भएको यो महोत्सव दुई सातासम्म संचालन हुने सोल्टी होटलकी बजार बजार तथा जनसम्पर्क विभागकी सहायक प्रबन्धक अनुपमा महर्जनले बताएकी छिन । सोल्टीको काकुरी नामक रेस्टुरेन्टमा उत्तर दक्षिण भोजन महोत्सव भइरहेको उनले बताइन् । पाँचतारे होटल भन्दैमा साह्रो महङ्गो शुल्क राखिएको छैन । आम सर्वसाधारणकै क्षमतामा रहेको मुल्यमा होटलले खानाको सेवा दिएको छ । गत वर्ष पनि सोल्टी क्राउन प्लाजा काठमाडौंमा उत्तर दक्षिण भोजन महोत्सवको आयोजना गरेको थियो । यो वर्ष पनि हामीले गएकै वर्षजस्तै विशेषगरी भारतीय र अन्य खानका पारखीका लागि यो महोत्व आयोजना गरेको महर्जनको भनाइ छ । अतुलनीय, स्वादिष्ट, मसालेदार तथा सुसज्जित भोजन सोल्टीले अहिलेसम्मकै धेरै स्वादमा खाना महोत्सव आयोजना गरेको पनि सोल्टीको भनाइ छ । गत सोमबारबाट औपचारिक रुपमा शुरु गरिन भएको यो महोत्सव दुई सातासम्म लगातार संचालन हुनेछ । सोल्टीमा किन खाना महोत्सव ? विभिन्न पेय पदार्थ, स्टार्टर, मेन कोर्षदेखि मिष्ठान्न सम्मका मनै लोभ्याउने थरिथरीका परिकार पस्कन सोल्टीले आफ्नै रेस्टुरेन्टमा यो महोत्सव गर्ने गरेको छ । भारतको उत्तर देखि दक्षिण प्रान्तमा परम्परागत कालदेखि प्रचलनमा रहेका पाकवान विधि तथा तिनको अत्याधुनिक प्रविधिबाट तयार गरिएको खानालाई सोल्टीले एउटै थलोमा पस्कने गर्छ । यस महोत्सवमा उत्तरका पञ्जाब, चन्द्रिगढ, उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, काश्मीर देखि दक्षिणका तमिलनाडू, कर्नाटका, केरला र आन्ध्र प्रदेशमा लोकप्रिय रहेका पनि सोल्टीले राखेको छ । खानाका विभिन्न व्यञ्जनलाई विशिष्टीकृत तथा वृहत मेनु प्रस्तुत गरिएको छ । होटलका प्रमुख सेफ युवराज पोखरेलले महोत्सवमा आएका खानाका पारखीले चाहेकै स्वादमा खाना पस्किरहेका छन् । खानामा धेरैजसो पीरो, जडिबुटी र मसलादार खाना भारत अन्य देशबाट आयात गरिएको होटलको भनाइ छ । भारतीय परिकारभित्र विभिन्न प्रान्तमा स्थानीय मसला, जडिबुटी, तरकारी तथा फलफूलहरुको प्रयोग हुने गरेको छ । दुवैै थरी परिकारमा उस्तै उस्तै मसलाहरु (वेशार, ल्वांग, मरीच, , दालचिनी, कडीपत्ता, असाफुटिडा इत्यादि) प्रयोग गरिए तापनि तिनको मात्रा र प्रयोग विधिचांहि फरक हुन्छ । यसै खानको स्वादलाई पस्कन सोल्टीले खाना महोत्सव गरेको बताएको छ । होटलको यो महोत्सवमा भारतीय मेनुका परिकार दही, पनीर तथा अचारसंगै चपाती, पराठा, दालहरु मुख्य रुपमा रहेको ब्यञ्जन रहेको छ । तन्दूरमा पकाइएको, अति नै लोकप्रिय, ताजा ताजा तन्दुरी चिकेन समेत छ । आलु मेथी, पुदिना संगम, मेथीले भुटेकोे बेबी पोटेटो तथा अनेकथरी मसलाले झानेको दालको मेनु पनिरहको छ । महोत्सवमा ग्राहकले रुची अनुसारकोअन्य विविध मेनु पनि रोज्न सक्नेछन् ।