विकासन्युज

काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव, पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न निर्देशन

काठमाडौं २२, भदौ ।  उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ । मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो । उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाइृ हटाउन प्रस्ताव उठाएको हो । काफ्ले उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिले काफ्लेलाई अनुतिर्ण गरेको थियो । त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्ज्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । मन्त्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएको खबरआजको कारोमारमा छापिएको छ। नेपालीको मुख्य चाडपर्वका बेला अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो । मन्त्री बोहोराले यस वर्ष दशैं, तिहार र छठ पर्व अवधिभर न्यून मूल्य राखेरै भए पनि उपभोक्तालाई बढीभन्दा बढी छुट दिने व्यवस्था मिलाउनसमेत निजी क्षेत्रका व्यापारीहरुलाई आग्रह गरेका छन्।

अब युट्युबबाटै संसद बैंठक लाइभ, मोफसलका सञ्चारमाध्यम लाभाविन्वत हुने

काठमाडौं २२, भदौ  । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको बुधबारको राजधानी दैनिकमा समाचार छापिएको छ । सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सैसद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो । व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन् ।

कुमारीको पारिश्रमिक तीन हजार रूपैयाँ

काठमाडौं २२, भदौ । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होलारु कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ। भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको भन्दै दुःख व्यक्त गरे। ‘तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,’ तलेजुका मूल नाइके जोशीले भने,‘ बरू वृद्ध भत्ता मासिक दुई हजार छ।’ काठमाडौं र ललितपुरका कुमारीको तलब भने भक्तपुरकी कुमारीको भन्दा बढी छ। २०४१ साल यता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो।

कांग्रेस र माओवादीका धेरै नेता बेरोजगार, विभाग गठन अलपत्र हुँदा नेताहरू कामविहीन

काठमाडौं २२, भदौ । कांग्रेसमा १२औँ महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइरालाको पाँचवर्षे कार्यकालमा पदाधिकारीबाहेक अरूले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि देउवा पक्षको विरोधका कारण कुनै पनि विभागले काम गर्न सकेनन् । अञ्चल समन्वय समितिको हालत पनि उस्तै भयो । १३औँ महाधिवेशनसम्म पनि कुनै प्रस्ट जिम्मेवारी नपाएपछि नेताहरू आफ्नै हिसाबले खटे, पार्टी काममा लागे, देश दौडाहामा निस्किए । विभाग गठन अलपत्र परेपछि नेताहरू कामविहीन भएका थिए । झन्डै दुई दर्जनको हाराहारीमा रहेको भ्रातृ संस्थाको महाधिवेशन समयमा गराउन नसक्दा पनि नेताले उचित जिम्मेवारी नपाउने र यसकै आधारमा तलैसम्म नेता–कार्यकर्ता परिचालित नहुने समस्या कांग्रेसले भोगेको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट नेता रमेश रिजाल पनि तोकेर जिम्मेवारी नदिँदा पार्टी लथालिंग हुँदै आएको बताउँछन् । ‘अहिले होइन, बिपी कोइरालादेखि नै समयमा काम नहुँदा पार्टी लथालिंग हुँदै आएको हो,’ रिजाल भन्छन्, ‘सभापतिमा देउवाजी आएपछि रातारात हुन्छ भन्ने पनि होइन । तर, अब बिस्तारै गति लिन्छ । भ्रातृ संस्थाको अधिवेशनले त्यो देखाएको छ ।’ पार्टीले तोकेरै विभागीय जिम्मेवारी दिएको भए तलैसम्म संस्थागत रूपमा पार्टी सक्रिय हुने र यसको फाइदा सिंगो पार्टीलाई हुने उनको भनाइ छ । ‘जिम्मेवारी दिइयो भने संस्थागत रूपमा नेताले काम गर्छ नत्र व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छ,’ रिजाल भन्छन् । त्यसैले संस्थागत जिम्मेवारी दिएर नेताहरूलाई सक्रिय र जिम्मेवार बनाउनुपर्ने बुधबारकोेनयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

अदुवा निकासि रोकियो, १५ वर्ष अघि नै प्रतिवन्धित विषादी भेटिएको आरोप

काठमाडौं २२, भदौ । भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाएर निर्यातमा रोक लगाएको छ । विषादीको कारण एक सातादेखि अदुवा निर्यातमा रोक लागेको हो । १५ वर्षअगाडि आयात, विक्री र प्रयोगमा प्रतिवन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामाा पाइएको भन्दै निर्यात रोकिएको समाचारमा उल्लेख छ । निर्यात रोकिएपछि नेपालको ७२ लाख किलो अदुवा अलपत्र परेको छ । निर्यात गर्न ठिक्क पारिएको यो अदुवा एक साताको मात्रै हो । कृषि विकास मन्त्रालयका अनुसार सन् २००९ मा प्रतिवन्ध लगाइएको अल्दिकार्ब नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको उल्लेख छ । भारतले यही विषादीका कारण गत भदौ १६ गतेबाट अदुवा निर्यातमा रोक लगाएको हो । भारतले विषादी भेटिएको आरोपमा रोक लगाएको भएपनि भित्री तथ्य भने नभेटिएको सरकारी अधिकारीकै भनाइ छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित, कारण नेपालको तयारी कमजोर

काठमाडौं २२, भदौ । आगामी दशैंको समय पारेर हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । भ्रमण स्थितिग भएको आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्वता नदेखिएको उसको बुझाइ समेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति पुसभित्र आउने सम्भानवना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणन स्थगित भएको अनौपचानरिक जानकारी आएको छ,’ एक उच्च अधिकारीले मंगलबार भने । भ्रमण स्थगितको तीन कारण १. पर्याप्त तयारी अभाव २. वान बेल्ट वान रोडमा नेपालको प्रतिवद्धताकमजोर ३. केपी ओलीसँग भएको सम्झौताको कार्यान्वयनमा गृहकार्य अभाव

सेञ्चुरी बैंकमा पाँच रुपैंयाँमा बचतखाता, बार्षिक तीन प्रतिशत ब्याज

काठमाडौं, २१ भदौ । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैंयाँमा  बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना ल्याएको छ । भदौ १२ गतेबाट सुरु भएको नयाँ खातामा बचत कर्ताले वार्षिक ३ प्रतिशत ब्याज दरले मासिक भुक्तानी समेत पाउनेछन् । नयाँ खाता योजना अनुसार ३५० रुपैंयामा डेबिड कार्ड र २ लाखसम्मको निक्षेप सुरक्षण बिमा समेत रहेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ३८ करोड २६ लाख नाफा कमाएको थियो । बैंकले २८ अर्ब ९७ करोड निक्षेप संकलन गर्दै २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो । बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

यति डेभलपमेन्ट बैंक र एनसिएमबिच सेयर निष्काशन सम्झौता

काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । इति डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारणसभाबाट २ बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर जारीी गर्ने निर्णय गरेको थियो । बैंकले ६९ लाख ३१ हजार एक सय ६६ दशमलब ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनपछि बैंकको २ अर्ब ७ करोड ९३ लाख ५० हजार १६ रुपैंयाँ पुग्नेछ ।