जिडब्लुएम नेपालको सर्भिस सेन्टर ललितपुरको चाकुपाटमा

<p>काठमाडाैं । जिडब्लुएम नेपालले बिक्री पछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । १५ हजार वर्गफिटमा बनेकाे यस सर्भिस सेन्टरमा प्रति महिना ६०० बढी सवारी साधनहरुलाई सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जिडब्लुएमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नका लागि यस सर्भिस सेन्टर सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित [&hellip;]</p>

काठमाडाैं । जिडब्लुएम नेपालले बिक्री पछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ ।

१५ हजार वर्गफिटमा बनेकाे यस सर्भिस सेन्टरमा प्रति महिना ६०० बढी सवारी साधनहरुलाई सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् ।

जिडब्लुएमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नका लागि यस सर्भिस सेन्टर सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित रहेकाे कम्पनले जनाएकाे छ । यस सर्भिस सेन्टरबाट स्पेयर पार्टस सुपथ मूल्यमा उपलब्ध गराइने जिडब्लुएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले बताए । 

‘तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईंको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईंलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनुहुने छ,’ उनले भने ।

 

Share News