बाइकभन्दा साइकल महँगो !

<p>काठमाडौं । पछिल्लो समय साइकल प्रति मानिसको क्रेज बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै मानिसहरूको साइकलप्रतिको क्रेज बढ्दै गएको हो । डिजेल तथा पेट्रोलका सवारी साधनबिक्री गर्दै आएका ठूला व्यवसायीहरूले समेत विद्युतीय सवारी साधन आयात गर्दै आएका छन् । सडकमा पनि साइकल चढेर हिड्नेको संख्या दिनप्रतिदिन बाक्लो छ । भर्खर हिँड्न सुरु गरेको बालकदेखि [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय साइकल प्रति मानिसको क्रेज बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै मानिसहरूको साइकलप्रतिको क्रेज बढ्दै गएको हो ।

डिजेल तथा पेट्रोलका सवारी साधनबिक्री गर्दै आएका ठूला व्यवसायीहरूले समेत विद्युतीय सवारी साधन आयात गर्दै आएका छन् । सडकमा पनि साइकल चढेर हिड्नेको संख्या दिनप्रतिदिन बाक्लो छ । भर्खर हिँड्न सुरु गरेको बालकदेखि बुढासम्ममा साइकल रोजाइको केन्द्रमा पर्छ ।

समय अनुसार फरक–फरक ब्राण्डका साइकल नेपाली बजारमा उपलब्ध छन् । पछिल्लो समय हाइकिङमा निस्किदा होस् वा कतै एकान्त रमाइलो ठाउँमा जाँदा किन नहोस् मानिसहरू साइकल यात्रामा जान रमाउँछन् । अहिले युवाहरूले सबैभन्दा रूचाएको ब्राण्डको साइकल हो जायन्ट ।

जायन्ट ट्रान्स मोडलको उक्त साइकलको मूल्य ३ लाख ८० हजार रूपैयाँ पर्छ । जायन्ट ट्रान्स मोडलको साइकल अमेरिकाबाट नेपाल आयात हुन्छ । असनमा लामो समयदेखि सो ब्राण्डको साइकल बिक्री गर्दै आएका उत्तम मानन्धरले अहिले जायन्ट ब्राण्डको साइकलको धेरै माग भइरहेको बताउँछन् ।

सञ्चालक मानन्धरका अनुसार यो साइकल युवा र बुढापाका बिचमा लोकप्रिय बन्दै गएको छ । ‘यस ब्राण्डका साइकल आयात गर्ने कम्पनी अर्को छ, हामीले डिलरको रूपमा रहेर साइकलको बिक्री वितरण गर्दै आएका छौं,’ उनले भने ।

युवाहरुले यस साइकल स्टन्ट, डाउन हिल, अफ रोड र बुढाले यसलाई सवारी र लक्जरीको हिसाबले प्रयोग गर्ने पनि मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार प्रायः ४५ वर्ष माथिका उमेर समूहको बीचमा पनि यो साइकल रोजाइको केन्द्रमा पर्छ ।

गियर ससेप्शन, उच्च प्रदर्शन ब्रेक, स्मुथ हब, पहाडको बाटोमा पनि मज्जाले कुद्न सक्ने, सिडी भएको बाटोबाट पनि मजाले झार्न सकिने, अफ्ट्यारो बाटोको ओरालो झार्दा यसले अन्य साइकल भन्दा ३ गुणा सपोर्ट गर्ने जस्ता फिचर कारण यो साइकल लोकप्रिय बनेको छ । त्यसैले पनि यो सायकल महँगो पर्छ ।

‘यस साइकलको विशेषता बारेमा जति बणन गरे पनि सकिँदैन, किनेर प्रयोग गर्नेहरूलाई सोध्दा पनि साइकल मध्येको सबै भन्दा राम्रो यस ब्रान्डको साइकललाई बताउनु हुन्छ, म व्यापारीमात्र नभई साइकललिस्ट पनि हो, म पनि साथीहरूसँग यो साइकललाई लिएर धेरै ठाउँमा घुम्न गएको छु, यसलाई चलाउँदाको मज्जा बेग्लै छ,’ उनले भने ।

यो साइकल पहाडको बाटोमा पनि उपयुक्त हुने पनि मानन्धरले बताए । चलाउन सजिलो, यसको लचकता देखेर विदेशीहरू पनि नेपालमा यही साइकल प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

साइकलमा विपन्न वर्गदेखि उच्च वर्गका ग्राहकसम्म आकर्षित गर्ने भएको र स्वास्थ्यको लागि पनि साइकल उपयोग हुने उनको भनाइ छ ।

‘राजधानीमा साइकलको व्यापार राम्रो छ, बच्चादेखि वृद्धसम्मले साइकलको आवश्यकतालाई मध्यनजर गरेर प्रयोग गर्छन्, सामानको ढुवानीदेखि आवतजावत पनि प्रयोग गर्न साइकल मिल्छ, त्यसैले साइकलको खपत बढ्दो नै छ,’ उनले भने ।

साइकल चलाउँदा आनन्द पनि बेग्लै हुन्छ । आवश्यकता पर्याे भने अन्य नयाँ फिचरहरू पनि यस साइकलमा लगाउन सकिने उनले बताए ।

यस ब्राण्डको साइकल फोलडिङमा हुन्छ भने जायन्ट नाम अन्य मोडलका साइकल पनि उनिसँग उपलब्ध छन् । यस ब्रान्डको साइकलको मूल्य नेपालमा ४५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

विद्युतीय साइकल पनि उपलब्ध

जायन्ट ब्रान्डका विभिन्न मोडलका विद्युतीय साइकल पनि नेपालमा आउने तयारीमा छ । मानन्धरका अनुसार कम्पनीले ग्राहको रोजाइ र अर्डर अनुसार नेपाल पठाउने गरेको छ । मानिसहरू अर्डर गरे अनुसार इभीका साइकलहरू पनि उपलब्ध गराउँदै आएको मानन्धरले जानकारी दिए । यो साइकलको पनि बजारमा उच्च नै माग छ ।

जायन्ट ब्रान्डका इभीका साइकलहरूको मूल्य ४ लाख रुपैयाँ भन्दा माथि पर्न जाने पनि मानन्धरले बताए । अर्डरको सामान आउन चाहिँ केही समय लाग्छ । ७० किलोमिटरभन्दा बढी दूरी यात्रा गर्न सकिन्छ । यसमा भएकाे ब्याट्रीको २ वर्ष वारेन्टी हुन्छ ।

‘यो साइकल लक्जरी हुन्छ, डाँडाकाँडा जता पनि लिएर जान सकिन्छ, लामो यात्राको लागि पनि यो साइकल उपयुक्त हुन्छ,’ उनले भने ।

Share News