काठमाडौं । मोटरहेड ब्राण्डका मोटरसाइकलको लागि आधिकारि विक्रेता कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘विग विगर विगेष्ट’ नामक स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले असार १३ गतेबाट लागु हुने गरी सार्वजनिक गरेको नयाँ स्कीममा नयाँ बाइक खरिदमा स्क्रयाच कुपन र बमपर मा सहभागीको २ वर्षको वार्षिक कर निशुल्क हुने जनाएको छ ।
यस्तै, १ लाख रुपैयाँ छुट पाउन सकिने र बम्परमा २ लाख ७ हजार ९०० रुपैयाँ नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले पुराना बाइक सट्टापट्टा गरी खरिदर गर्नै ग्राहकलाई बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ र दुई वर्षको कर छुट दिने जनाएकोे छ ।
कम्पनीले उक्त अफर सिमित अवधिका लागि ल्याईएको भन्दै हाल बाइकहरु पुरानै मूल्यमा बिक्री वितरण भैरहेको जनाएको छ ।
कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।