काठमाडौं । टीभीएसले एओजीको दोस्रो संस्करण पोखरामा आयोजना गरेको छ। कम्पनीले यही असार ११ गते ग्राहकको लागि अपाचे अनर्स ग्रुप (एओजी) नामक अपाचे धनीहरुमाझ रोमाञ्चक राइड सम्पन्न गरेको हो।
सो क्रममा पोखराका ३० अपाचे जना ग्राहकहरुलाई पोखराबाट धाम्पुस हुदै सुइखेत रेसोर्टसम्म पुर्याएको कम्पनीले उल्लेख गरेको छ।
विभिन्न पेसाका सहभागीहरूले भाग लिएको एओजी मा सहभागीको लागि सयभन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३० जनाको चयन भएका थिए। गण्डकी प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाकी राइडरहरूलाई टीभीएस ले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।
टीभीएसले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो। नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गर्ने कम्पनीको भनाइ छ।