काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले सवारी साधनहरुको वार्षिक करमा गरेको वृद्धि खारेज गर्न माग गरेको छ । नाडाले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
नाडाले गण्डकी प्रदेशले सवारी साधनहरुको वार्षिक करमा गरेको वृद्धि र ६९६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति अव्यवहारिक र जनतालाई दुःख दिने मात्र भएको बताएको छ ।
केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भईसकेको पनि गण्डकी प्रदेशले एकलौटी रुपमा अव्यवहारिक नीति ल्याएको उनीहरुको आरोप छ ।