काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धुर्व थापाले ८ महिना देखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतले गिरवाट आएको बताएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एलसि मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धि जस्ता विषयहरुले व्यवसायमा गिरवाट आएको बताए ।
नेपालको अटोमोबाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका बताउँदै उनले मन्त्री बडुसँग यसलाई तत्काल सम्बोधन गर्न अनुरोध गरेका छन् ।
उनले नाडा अटो एक्सपो सहजताको लागि आयातमा लागेको प्रतिबन्ध खुल्न जरुरी रहेको बताए । नाडा अटो एक्सपो २०२२ भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा हुँदैछ ।