काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनले चितवनमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नाडाले चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।