काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएकाे छ ।नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै सरकारले सार्वजनिक यातायातकाे भाडा पनि बढेको हाे ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको हो ।
विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागू हुने जनाएको छ ।
विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।
नेपाल आयल निगमले आइतबार पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे थियाे । निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपैयाँ, डिजेल र मट्टितलेकाे मूल्य २७ रुपैयाँ बढाएकाे थियाे ।
मूल्य बढेसँगै पेट्रोल १९९ रुपैयाँ लिटर र डिजल १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
[pdf id=334904]