काठमाडौं । पछिल्लोे समय नेपाली बजारमा विद्युतीय साइकलदेखि चार पाँग्रे सवारी साधन पर्याप्त मात्रामा भित्रिएका छन् । सरकारले डिजेल तथा पेट्रोलियम पदार्थबाट सञ्चालित हुने साधनलाई प्रतिस्थापन गर्दै विद्युतीय सवारीलाई प्राथमिकतामा राख्ने नीति सार्वजनिक गरेसँगै विद्युतीय सवारीको आयातमा बृद्धि हुन थालेको छ ।
पछिल्लो समय डिजेल तथा पेट्रोलका सवारी साधनबिक्री गर्दै आएका ठूला घरानाका व्यवसायीहरुले समेत विद्युतीय सवारी साधन आयात गर्दै आएका छन् ।

निम्बस समूह अन्तरगतको निम्बस इन्टनेशनल प्रालिले विद्युतीय साइकल नेपाल भित्र्याएको छ । उक्त कम्पनीले भारतीय ब्राण्ड लेक्ट्रो ब्राण्डको विद्युतीय साइकल नेपाल ल्याएको हो ।
कम्पनीले विभिन्न् ९ मोडलका साइकल भित्र्याएको जनाएको छ । लेक्ट्रो भारतमा लोकप्रीय इलेक्ट्रीक साइकल ब्राण्ड हो ।
कति पर्छ मूल्य
कम्पनीले विभिन्न ९ मोडलका विद्युतीय साइकल नेपाल ल्याएको हो । कम्पनीले नेपाल भित्र्याएका उक्त विद्युतीय साइकलहरुमा २५० वाटको लिथियम आयन ब्याट्री रहेको जनाएको छ ।
उक्त साइकलहरु एक पटकको फुलचार्जमा ३० देखि ६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ भने प्याडल गरेर पनि यी साइकल चलाउन सकिन्छ ।

निम्वसले ल्याएको मोडलमध्ये सी ३ मोडलका विद्युतीय साइकलका ७५ हजार ९ सय रुपैयाँ तोकेको छ । सी–५ मोडलको ८० हजार ९००, सी–६ मोडलको ९० हजार ९००, सी–७ मोडलको ९० हजार ९०० र सी–७ प्लसको ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यस्तैगरी, सी–८ मोडलको ९५ हजार ९००, सी–८ आई मोडलको १ लाख ४ हजार ९०० र सि–९ मोडलको १ लाख २२ हजार ९०० रुपैयाँ र एफ–६ आई मोडलको १ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
