काठमाडौं । चांगन अटोले के फाउण्डेसनसँगको सहकार्यमा विद्यार्थीलाई ट्याबलेट प्रदान गरेको छ । विद्यार्थीलाई प्रविधीसँग जोड्न चांगनले रामेछापका पञ्चकन्या विद्यालय र सर्वसुधा विद्यालयका विद्यार्थीलाई पाँचपाँच वटा ट्याब्लेट प्रदान गरेको हो ।
यस्तै चांगनले फाउण्डेसनको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको छ । चांगनले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको हो ।
यसअघि पनि चांगन अटोले के फाउन्डेसनसँग रामेछापको एक विद्यालयको सहयोगका लागि सहकार्य गरेको थियो । कम्पनीले देविश्वर विद्यालयमा आवश्यक विद्यार्थी समाग्री लिएर जानका निम्ति चांगनको हन्टर प्रयोग गरेको थियो ।