गण्डकी प्रदेशले सवारी साधन खरिद नगर्ने

<p>काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अतिआवश्यक बाहेकका सवारी साधन खरिद नगर्ने जनाएको छ । बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’ ले आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । अत्यावश्यक अवस्थामा बाहेक आगामी आर्थिक वर्ष सरकारी कार्यालयले सवारी साधन खरिद नगर्ने भन्दै उनले [&hellip;]</p>

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अतिआवश्यक बाहेकका सवारी साधन खरिद नगर्ने जनाएको छ ।

बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’ ले आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

अत्यावश्यक अवस्थामा बाहेक आगामी आर्थिक वर्ष सरकारी कार्यालयले सवारी साधन खरिद नगर्ने भन्दै उनले खरिद गर्नै पर्ने अवस्थामा विद्युतीय सवारी साधन खरिद गरिने बताए । यस्तै, उनले सरकारी निकायको चालु प्रकृतिका कार्यालयले मसलन्ध, फर्निचर, इन्धन लगायत विभिद खर्च कटौती गरेको उनले बताए ।

सार्वजनिक प्रकृतिका सामुदायिक संस्थाको भवन निर्माण गर्दा अनिवार्य रुपमा संस्थाको नाममा जग्गा भएको, छरिएर रहेका कोषलाई एकीकृत गर्ने र आवश्यक नदेखिएका कोष खारेज गर्ने बताए ।

Share News