नक्सालमा खुल्यो फक्सवागनको सुविधासम्पन्न सोरुम, दुई हप्तासम्म गाडी बुकिङ गर्नेलाई छुट

<p>काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा सोरुम खोलेको छ । कम्पनीले बुधबारबाट उक्त सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंजले उक्त सोरुमको उद्घाटन गरेका छन् । नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी भएको पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा सोरुम खोलेको छ । कम्पनीले बुधबारबाट उक्त सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो ।

नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंजले उक्त सोरुमको उद्घाटन गरेका छन् ।

नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी भएको पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले बताए । उनले यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने बताए ।

नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्भिसिङ र फ्रि कन्सयुमऐबल्स पाउनेछन् ।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । जसले यसलार्ई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

Share News