बजेटको असर : क्रसफायर आरएमको मूल्य एक लाख ४० हजारले बढ्यो

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत २०० सीसी माथिका दुई पाँग्रे सवारी (मोटरसाइकको) भन्सार तथा अन्तशुल्क महशुल बढाएसँगै मोटरसाइकलको मूल्य बढ्न थालेको छ । नेपालमा विभिन्न कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएका कम्पनीहरुले मूल्य बढ्न थालेको जनाएका छन् । जसअनुसार क्रसफायर मोटरसाइकलका विभिन्न तीन मोडलका बाइकको मूल्य १ लाख ४० हजार रुपैयाँसम्म [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत २०० सीसी माथिका दुई पाँग्रे सवारी (मोटरसाइकको) भन्सार तथा अन्तशुल्क महशुल बढाएसँगै मोटरसाइकलको मूल्य बढ्न थालेको छ ।

नेपालमा विभिन्न कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएका कम्पनीहरुले मूल्य बढ्न थालेको जनाएका छन् । जसअनुसार क्रसफायर मोटरसाइकलका विभिन्न तीन मोडलका बाइकको मूल्य १ लाख ४० हजार रुपैयाँसम्म बढेको छ ।

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले एक सूचना जारी गर्दै तीन मोडलका बाइकको मूल्य बढेको जनाएको हो ।

कम्पनीले जारी गरेको सूचना अनुसार क्रसफायर आरएम २५० को मूल्य १ लाख ४० हजार रुपैयाँ, एचजे २५० मा १ लाख रुपैयाँ, ट्रेकर २५० मा ३५ हजार रुपैयाँ मूल्य वृद्धि भएको हो ।

क्रसफायर आरएम २५० को ७ लाख ४८ हजार रुपैयाँमा बिक्री हुँदै आएकोमा अब ८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै, एचजे २५० ६ लाख ७० हजार रुपैयाँ रहेकोमा अब ७ लाख ७० हजार र ट्रेकर २५० को ३ लाख ७५ हजार रुपैयाँ रहेकोमा ४ लाख १० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले तीन मोडलका बाइकमा बढेको मूल्य आजदेखि लागु भएको जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै २०० सीसी माथिका मोटरसाइकलको भन्सार तथा अन्तशुल्क महशुल बढेको बताएका थिए ।

उनले सार्वजनिक गरेको बजेट अनुसार २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलको अन्तशुल्क ८० प्रतिशतले बढेको छ । हाल २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो ।

यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो ।

यसअघि बजाज मोटरसाइलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको तीन मोडका बाइकको मूल्य बढाएको थियो । बजेटका कारण भन्दै बजाजले ३ हजारदेखि २० हजार रुपैयाँसम्म मूल्य बढाएको थियो ।

Share News