चौधरी ग्रुप विद्युतीय सवारीको व्यवसायमा प्रवेश, नेपाल भित्र्यायो निटाको ३८ लाख पर्ने कार

<p>काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले वातवरण मैत्री विद्युतीय सवारीको व्यापार शुर गरेको छ । बुधबार निटा ब्राण्डको विद्युतीय कार निटा सार्वजनिक गर्दै कम्पनी विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो । निटा ब्राण्ड चिनियाँ मोटर उत्पादक कम्पनी हो जोन अटोमोबाइल कम्पनीले उत्पादन गर्दै आएको कार हो । सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयत घटाइ व्यापार [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले वातवरण मैत्री विद्युतीय सवारीको व्यापार शुर गरेको छ । बुधबार निटा ब्राण्डको विद्युतीय कार निटा सार्वजनिक गर्दै कम्पनी विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो ।

निटा ब्राण्ड चिनियाँ मोटर उत्पादक कम्पनी हो जोन अटोमोबाइल कम्पनीले उत्पादन गर्दै आएको कार हो ।

सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयत घटाइ व्यापार घाटा कम गर्ने सरकारको नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्युतीय सवारीको प्रवर्द्धन थालेका बताए ।

अधिकांश सवारी उत्पादनले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको भएकाले निकै इफिसियन्ट रहेको कम्पनीको दाबी छ ।

यस कारले एकपटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ । पाँच जना अट्न सक्ने यो कार फूल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जबाट २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन्छ ।

३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।

Share News