यातायात विभागले भन्यो : तत्कालनै इम्बोस्ड नम्बर जडान गर्न भनिएको हाेइन

<p>काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नभएको जनाएको छ । आवश्यक संरचना नै निर्माण नगरी विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारवाहीको चेतावनी दिएपछि तिव्र आलोचना भएको थियो । विभागले जेठ २० गते एक सूचना जारी गरी दुई [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नभएको जनाएको छ ।

आवश्यक संरचना नै निर्माण नगरी विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारवाहीको चेतावनी दिएपछि तिव्र आलोचना भएको थियो । विभागले जेठ २० गते एक सूचना जारी गरी दुई प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान नभएर ट्राफिकले जरिवाना काट्ने चेतावनी दिएको थियो ।

विभागले उक्त चेतावनी दिएपछि सडकदेखि संसदमा विभागको तिव्र आलोचना भएको थियो ।

आलोचना भएपछि विभागले मंगलबार पुनः सूचना जारी गर्दै साउन १ गतेभित्र अनिवार्य दर्ता गर्नुपर्ने नभनीएको जनाएको छ ।

विभागले उक्त सूचनालाई परिवर्तन गर्दै २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीलाई मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको छ । यस्तै, फागुन १ गतेपछि नामसारी भएका सवारीले समेत असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।
मंसिर १ अगाडी दर्ता भएका र पुराना सवारीले विस्तारै नम्बर दर्ता गर्नुपर्नेछ ।

Share News