एसेम्बलीङ उद्योगमा पाटपूर्जा आयात गर्दा ५० र आयकरमा ४० प्रतिशत छुट

<p>काठमाडौं । सरकारले नेपालमा नै सवारी एसेम्बल गर्ने उद्योगलाई छुट दिने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले चार पांग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलाई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन । [&hellip;]</p>

काठमाडौं । सरकारले नेपालमा नै सवारी एसेम्बल गर्ने उद्योगलाई छुट दिने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

उनले चार पांग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलाई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन ।

यस्तै, उनले चार पांग्रे सवारी साधन खरिद गर्दा अनिवार्यरुपमा स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था मिलाइने समेत बताए ।

उनले नेपालमै सवारीसाधनको एसेम्बल गर्ने उद्योग स्थापना गरे ४० प्रतिशतसम्म आयकर छुट दिने घोषणा गरे । यस्तो आयकर छुट कारोबार शुरू गरेको ५ वर्षसम्म दिइने आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख छ ।

Share News