पेट्रोलियम गाडीलाई विद्युतीय बनाइने

<p>काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले काठमाडौं उपत्यकामा सञ्चालन रहेका पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गरिने बताएका हुन । [&hellip;]</p>

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

उनले काठमाडौं उपत्यकामा सञ्चालन रहेका पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गरिने बताएका हुन ।

सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गरिने आवश्यक बजेट व्यवस्थापन गरिने उनले बताए ।

Share News