काठमाडौं । विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले इलेक्ट्रिक स्कुटर ई–१२५ मंगलबार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेपालमा सेगवे ई–१२५ को बिक्री यही चैत १९ देखि सुरु भइसकेको छ ।
नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रालिले भविष्यमा सेगवेका अरु मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।
यो स्कुटरको नेपाली मूल्य ३ लाख ९१ हजार रुपैयाँ रहेको छ । यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने सकिन्छ । साथै ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरु रहेको छ । ।
प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २ हजार ४०० वाट बोस्च ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएम को अधिकतम टर्क उपलब्ध गराउँछ ।
यसका साथै ड्राइभिङ दायराका लागि ७४ भि र २७ ए एच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ ।