चांगनको गाडी किन्दा दुई लाख ५० हजारसम्म छुट

<p>काठमाडौं । नयाँ वर्षको अवसरमा चांगनले गाडी खरिदकर्ताका लागि विशेष छुट योजना ल्याएको छ । कम्पनीले ‘एभ्री थिङ न्यू, एभ्री थिङ प्रिमियम’ नारासहित नयाँ वर्ष स्किम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको यो स्कीम वैशाख महिना भरी लागू हुनेछ । यस अफरको फाईदा लिन चाहने ग्राहकले चंगानको नक्शालस्थित शोरुम जानुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको अवसरमा चांगनले गाडी खरिदकर्ताका लागि विशेष छुट योजना ल्याएको छ । कम्पनीले ‘एभ्री थिङ न्यू, एभ्री थिङ प्रिमियम’ नारासहित नयाँ वर्ष स्किम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको यो स्कीम वैशाख महिना भरी लागू हुनेछ । यस अफरको फाईदा लिन चाहने ग्राहकले चंगानको नक्शालस्थित शोरुम जानुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस अफर अन्तर्गत २.५ लाखसम्म नगद छुट, १ लाखसम्मको एक्सचेन्ज टपअप र १ वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराएको छ ।

साथै, ग्राहकले हरेक टेष्ट राइड र एक्सचेन्जमा पनि उपहार पाउने छन् । साथै, यो स्कीमको पहिलो ५ जना प्रारम्भिक बुकिङ कर्ताले थप लाभ पनि पाउने कम्पनीले जनाएको छ ।

Share News