
काठमाडौं । नयाँ वर्षको अवसरमा सस्तो किस्तामा गाडी किन्न सकिने अफर फक्सवागनले ल्याएको छ ।
नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलका अनुसार नयाँ वर्षको अवसरमा फक्सवागनको टाइगुन मासिक किस्ता २२ हजार ९९९ मा किन्न सकिने छ भने पोलो मासिक किस्ता १४ हजार ९९९ तिरेर लिन सकिन्छ ।
इएमआई अफरका सन्दर्भमा फक्सवागनका मार्केटिङ म्यानेजर प्रज्वल महर्जनले यो कठिन वित्तीय अवधिमा ब्रान्डले तुरुन्त र सजिलो फाइनान्सिङमा जोड दिएको बताएका छन् । उनका अनुसार फक्सवागेनका कारहरू १५ हजार किलोमिटर गुडेपछि मात्र सर्भिसिङ गर्न सकिने भएकोले सस्तो सर्भिसिङ हुने कम्पनीले जनाएको छ ।
महर्जनका अनुसार एक वर्षको लागि नि:शुल्क सडक कर, प्रत्येक नयाँ फक्सवागन गाडी खरिदको लागि चार वर्षको नि:शुल्क सेवा र आवश्यकता अनुसार नि:शुल्क सहायक उपकरणको समेत सुविधा रहेको छ ।