
काठमाडौं । नयाँ वर्षको अवसरमा हुन्दाईको गाडी किन्दा छुट र नयाँ वर्ष बोनस पाइने भएको छ ।
हुन्डाई अटोमोबाइलको नेपालका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेसँगै विभिन्न अफरहरू ल्याएको हो ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले चार लाखसम्म नगद छुट, नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार र मोडल योर डिस्काउन्टमा ९९ हजार रुपैयाँसम्म छुट तथा स्पट एक्सचेन्जमा एक वर्षको लागि निःशुल्क बीमा र सडक कर पाइने कम्पनीले बजनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरूबाट सेवा दिइएरहेको छ ।