गाडी आयात रोकियो, २ महिनालाई पुग्ने स्टक

<p>काठमाडौं । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले गाडीहरूको एलसी रोक्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले एलसी रोकेका छन् । सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएपछि सबै बैंकले एलसी रोकेका हुन । बैंकले एलसी रोकेपछि [&hellip;]</p>

काठमाडौं । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले गाडीहरूको एलसी रोक्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले एलसी रोकेका छन् ।

सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएपछि सबै बैंकले एलसी रोकेका हुन ।

बैंकले एलसी रोकेपछि बजारमा नयाँ गाडीको अभाव हुने अटो व्यवसायीहरुले बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रती राष्ट्र बैंकको निर्देशन पछि हाल गाडीको सम्पूर्ण आयात बन्द भएको बताउँछन् । उनले आयात रोकिएपछि व्यवसायीसँग साढे २ महिनाका लागि पुग्ने गाडी र पार्टस् मात्र मौज्दात रहेको बताए ।

‘ग्राहकको रोजाइ अनुसारका साधन हामीसँग छैन, अहिले नयाँ आएको मोडल व्यवसायीसँग छैन्, अलि अगाडि आएका र पूराना गाडी तथा पार्टसहरु साढे २ महिनाका लागि पुग्ने हाम्रो अनुमान छ’, उनले भने ।

Share News