
काठमाडौं । एसजी ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्पले इटालियन प्रविधिको तारो ब्राण्डको बाईक र स्कुटर नेपाली बजारमा लन्च गरेको छ । इमोला १५० एलेक्स र टी ९१५० गरी दुई मोडलका दुईपाङग्रे सवारीसाधन नेपाली बजारमा लन्च गरेको हो ।
कम्पनीले नक्सालको नारायण चोक, भत्केकोपुल र रातोपुलको कोरेडोरमा सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पुर्याएको छ । यसका साथै टेकुस्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्री प्वाइन्ट लिँदै यस ब्राण्डको बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ ।
नेपाली बजारमा भर्खरै आएको उक्त बाइक किन्दा छुट अफरसमेत ल्याएको छ । तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार छुट पाउने छ । साथै कम्पनीले यस चैत २४ देखि वैशाख ३१ गतेसम्म खरिद गर्ने मध्ये दुईजना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।