निसान गाडी किन्दा साढे तीन लाख छुट

<p>काठमाडौं । नयाँ वर्षको अवसरमा निसानले छुट योजना ल्याएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो । कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । कुनै पनि [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको अवसरमा निसानले छुट योजना ल्याएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो ।

कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ ।

सो अफर मंगलबारदेखि प्रारम्भ भएको छ र आगामी अप्रिल ३० अर्थात् वैशाख १७ सम्म लागू हुनेछ ।

Share News