सुजुकी कार किन्दा दुई लाख छुटदेखि सवा एक लाख बोनससम्म

<p>काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ । उक्त योजना अनुसार कार किन्दा दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजार सम्म अतिरिक्त छुट [&hellip;]</p>

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ ।

उक्त योजना अनुसार कार किन्दा दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरक-फरक हिसाबका छुटहरू लागू हुनेछन ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू विक्री बितरण गर्दै आएको छ ।

Share News