‘विद्युतीय सवारीमा लगाइने कर १ प्रतिशतमा झारेर पेट्रोलियम पदार्थका सवारी साधनको आयात रोकौं’

<p>काठमाडौं । अर्थविद् केशव आचार्यले विद्युतीय सवारी साधनमा लाग्ने भन्सार दर १ प्रतिशतमा झार्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परसंघ र अर्थमन्त्रालयको संयुक्त आयोजनामा भएको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै एक/दुई वर्षका लागि [&hellip;]</p>

काठमाडौं । अर्थविद् केशव आचार्यले विद्युतीय सवारी साधनमा लाग्ने भन्सार दर १ प्रतिशतमा झार्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परसंघ र अर्थमन्त्रालयको संयुक्त आयोजनामा भएको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै एक/दुई वर्षका लागि पेट्रोलियम पदार्थका सवारी साधनको आयात रोक्नुपर्नेमा जोड दिए ।

यस्तै, उनले विदेश जाने श्रमिक बढ्दा रेमिट्यान्स घट्न थालेको प्रति समेत चासो राख्दै बजेटमा महत्वाकांक्षी योजना नराखेर विभिन्न वस्तु मौज्दातमा राख्नुपर्ने तर्फ ध्यान दिन आग्रह गरे ।

विदेश जाने नेपाली श्रमिक बढ्दा रेमिट्यान्स घटनु र ठूलो पुँजी कहाँ पलायन भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

उनले सरकारले अनावश्यक वस्तुको आयात रोक्न, प्रशोधित वस्तुभन्दा कच्चा पदार्थको भन्सारदर बढी (१५ प्रतिशत) राख्नुपर्ने, बजेटमा राष्ट्रिय गौरवका आयोजना १/२ मात्र राखेर २/३ वर्षमा सकिने व्यवस्था गर्नुपर्ने, उत्पादकत्व बढाएको कृषकलाई अनुदान दिनुपर्ने लगायत विषयमा ध्यान दिनुपर्ने बताए ।

Share News