पोखराको पर्स्याङमा टीभीएसको सर्भिस सेन्टर

<p>कास्की । जगदम्बा मोटर्स टीभीएसका पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्सअन्तर्गत गण्डकी मोटर्स प्रालिले पर्स्याङमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । करिब १४ हजार वर्गफिटमा फैलिएको गण्डकी प्रदेशकै ठूलो र सुविधा सम्पन्न रहेको दाबी गरिएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी [&hellip;]</p>

कास्की । जगदम्बा मोटर्स टीभीएसका पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्सअन्तर्गत गण्डकी मोटर्स प्रालिले पर्स्याङमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

करिब १४ हजार वर्गफिटमा फैलिएको गण्डकी प्रदेशकै ठूलो र सुविधा सम्पन्न रहेको दाबी गरिएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीऐीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सक्षम भएको जनाएको छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको सेवाका कारण नेपालको सबैभन्दा बढी रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीको दाबी छ ।

Share News