निशानको ५० हजारौं नम्बरको म्याग्नाइट पूरा

<p>काठमाडौं । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ । यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार एसयूभीखास मोडेलको [&hellip;]</p>

काठमाडौं । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ ।

यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार एसयूभीखास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ । बिगबोल्ड , ब्युटीफुल ( ठुलो, बलियो, राम्रो ) एस्.यू.भी.ले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी हाम्रा ग्राहकहरु, विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफलबनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौं ।’

निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो ।

Share News