प्रोटोन एक्स ५० नेपाली बजारमा

<p>काठमाडौं । जगदम्बा मोटर्सले मलेसियन कार निर्माता प्रोटोनको एक्स ५० गाडी नेपाली बजारमा लन्च गरेको छ । अघिल्लो वर्ष प्रोटोन एक्स ७० बिक्री सुरु गरेको जगदम्बाले बजार माग अनुसार एक्स ५० बजारमा ल्याइएको जनाएको छ । बुधबार काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुमबाट विभिन्न मिडिया तथा मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्थितिमा जगदम्बा मोटर्सले उक्त गाडी [&hellip;]</p>

काठमाडौं । जगदम्बा मोटर्सले मलेसियन कार निर्माता प्रोटोनको एक्स ५० गाडी नेपाली बजारमा लन्च गरेको छ । अघिल्लो वर्ष प्रोटोन एक्स ७० बिक्री सुरु गरेको जगदम्बाले बजार माग अनुसार एक्स ५० बजारमा ल्याइएको जनाएको छ ।

बुधबार काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुमबाट विभिन्न मिडिया तथा मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्थितिमा जगदम्बा मोटर्सले उक्त गाडी सार्वजनिक गरेको हो ।

उक्त गाडीको विशेषता भनेको १.५ लिटर टर्बोचार्ज्ड थ्री-सिलिन्डर इन्जिन छ । साथै यसको स्ट्यान्डर्ड र प्रिमियमल संस्करणले ५५०० आरपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १५०० देखि चार हजार आरपीएममा २२६ टर्क उत्पादन क्षमता रहेको छ । साथै सेफ्टी प्रोटोकलमा पनि राम्रो तथा सुन्दर डिजाइन रहेको जगदम्बा मोटर्सले जनाएको छ ।

यति मात्र नभई यस गाडीमा नेपाली बजारमा भएको अरु गाडीभन्दा निकै धेरै सुविधा रहेको छन् ।

Share News