काठमाडाैं । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले भरतपुरकाे हाकिमचाेकमा थ्रीएस डिलर र टाँडीमा टुएस सव-डिलर उद्घाटन गरेकाे छ ।
सो डिलर र सव-डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ , सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशकराजेन्द्र बटाजुले गरेका थिए ।
कम्पनीले सेल्स, सर्भिस र स्पेयर पार्ट्सलाई भरतपुरकाे र न्यू पञ्चकन्या मोटर पार्ट्सलाई टाँडीकाे डिलरकाे जिम्मवेरी दिएकाे छ ।
अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको र यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सव-डिलहरूको उद्घाटन गर्ने पनि जनाएको छ।