काठमाडौं । सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले उक्त एक्सचेन्ज अफर सुरु गरेको हो ।
फागुन २७ गते शुक्रबारबाट सुरु भएको यस अफर फागुन ४ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ । यस अफरमा ग्राहकले एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्युरेन्स र नगदमा खरिद गर्दा ३० हजारसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्नेछन् ।
नारायणी अटो बिजनेसले विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरिरहेको छ।