जावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार

<p>काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले डिलर विस्तार गरेको छ । कम्पनीले जनकपुर​को थापाचोकमा नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज  विस्तार गरेको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा [&hellip;]</p>

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले डिलर विस्तार गरेको छ । कम्पनीले जनकपुर​को थापाचोकमा नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज  विस्तार गरेको हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुर​मा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको हो ।

जावा मोटरसाइकल शहर बजारमा मात्र नभ​ई हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त हुने भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक विनय मनि शर्मा बताउँछन् ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नेछन् । नयाँ डिलरहरुबाट यो सम्पूर्ण सेवा पाईने कम्पनीले जनाएको छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो ।

Share News