काठमाडौं । चांगन अटोले आफ्नो नक्शाल सोरुममा एक्सेन्ज क्याम्प गर्ने भएको छ । कम्पनीले फागुन १३ र १५ अर्थात शुक्रबार शनिबार एक्सचेन्ज क्याम्प गर्न लागेको हो ।
यस मेलामा ग्राहकहरुका निम्त्ति विभिन्न अफरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार अफरमा ग्राहकहरुले आफ्नो गाडीको राम्रो मुल्याङकन पाउनुका साथै दुई लाखसम्मको एक्सेन्ज टपअप प्राप्त गर्नेछन् ।
यो सँगसँगै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा निःशुल्क प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकहरुले हरेक टेस्ट राईडमा आकर्षक उपहार प्राप्त गर्नुको साथै तीन जना भाग्यमानी ग्राहकहरुले दुई वर्षको नि:शुल्क सर्भिसिङ्ग भाउचर पनि प्राप्त गर्नेछन् ।