हुन्डाईको नयाँ इलेक्ट्रीक कार ‘आयोनीक ५’ को नेपालमा बिक्री सुरु

<p>काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गरेको छ । नयाँ आयोनीक–५ निकै बोल्ड, यूनीक र डाइनामीक डिजाइनमा तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाइसकेकाे छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा [&hellip;]</p>

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गरेको छ । नयाँ आयोनीक–५ निकै बोल्ड, यूनीक र डाइनामीक डिजाइनमा तयार गरिएको छ ।

हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाइसकेकाे छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बनेको हो ।

आयोनीक ५ अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले दावी गरेकाे छ ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रीक कारको लागि मात्रै सोरुम संचालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने सोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने कम्पनीले जनाएको छ ।

कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको कम्पनीले जनाएकाे छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

Share News