
काठमाडौं । नेपालको सबैभन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको हो ।
सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको जनाएको छ ।
कम्पनीको अनुसार नयाँ सेलेरियोमा नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा जस्ता सुविधाहरु छन् ।
कम्पनीका सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्त सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी रहेको बताउँछन् । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, सुरक्षा र सुविधाजनक फिचर रहनुको साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने उनी बताउँछन् ।
पन्तका अनुसार नयाँ सेलेरियोमा थप आरामको लागि फराकिलो क्याबिन डिजाइन गरिएको र स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम महसुस गराउँदछ ।